सिद्धेश्वर शिबालय मन्दिर चुत्राबेसीमा भक्तजनको घुइँचो

चुत्राबेशी, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा रहेको नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला, चुत्राबेसीमा आज साउनको सोमबार बिहानै देखि भक्तजनको घुइँचो लागेको छ । 

 



 

सुख, शान्ति तथा सौभाग्यको कामना गर्दै हरियो बस्त्र र आभूषणमा सजिएका महिलाहरुको विशेष घुइँचो लागेको छ । 



यहाँ साउन महिनाभर बोलबम मेला लागिरहेको छ । 

 



 

महादेव मन्दिरहरुमा श्रावण महिनाको सोमबारका दिन पूजा पाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्रेतायुगमा माता पार्वतीले भगवान शिवलाई बरको रुपमा प्राप्त गर्नका लागि १६ सोमवारी ब्रत गरेको कुरा शिवपुराणमा उल्लेख छ । 




 

Preamnarayan Acharya in Arghakhanchi contributed to this report.

अन्य समाचारहरु