अर्घाखाँची समाज-जापानको प्रथम अधिवेशन सम्पन्न

टोकियो, जापान । जापानको टोकियो ईकेवुकुरोमा अर्घाखाँची समाज-जापानको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। 

 



तस्बिर: अर्घाखाँची समाज-जापानबाट

 

जापानमा आई विभिन्न पेशा, व्यवसाय र अध्ययनमा संलग्न जिल्लाबासीहरुको उल्लेख्य उपस्थिति रहेको अधिवेशनले २५ सदस्यीय कार्यसमिति सर्बसम्मत गठन गरेको हो ।

 



तस्बिर: अर्घाखाँची समाज-जापानबाट

 

अधिवेशनमा नयाँ कार्यसमिति गठनका लागि पाँच सदस्यीय निर्वाचन मण्डलले अघि बढाएको निर्वाचन प्रक्रियाबाट १३ गाविसको प्रतिनिधित्व गराउँदै ४ सदस्य पछि पदपूर्ति गर्ने गरी २५ सदस्यीय समिति गठन गरिएको हो ।



ज्योतिष घर्ती मगरको अध्यक्षतामा गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर विष्ट, उपाध्यक्षद्वयमा आयनबहादुर टण्डन र विष्णु खनाल, महासचिव दिपक थापा, सचिवद्वय हरि गौतम र कमल पन्थी र कोषाध्यक्षमा नेत्र पन्थी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा दामोदर आचार्य, योगेन्द्र घर्ती मगर, ओमबहादुर थापा, नवराज पराजुली, बाबुराम घिमिरे, नारायण भुषाल, रविन कुँवर, लुमाकान्त पौडेल, बाबुराम पौडेल दिनेश केसी, कृष्ण आले, चेतन घर्ती र महिला सदस्यमा संगिता थापा चयन हुनुभएको छ । 

 



तस्बिर: अर्घाखाँची समाज-जापानबाट

 

तदर्थ समितिका संयोजक ज्योतिष घर्ती मगर र नेत्र विष्टले संयुक्तरुपमा उदघाटन गर्नुभएको उदघाटन सत्रको सुरुवातमा बैशाख १२ मा नेपालमा गएको महाभूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।



ओम थापाको सभापतित्वमा भएको उदघाटन सत्रमा नारायणप्रसाद भुषालको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन विष्णु खनालको रहेको थियो ।

 


तस्बिर: अर्घाखाँची समाज-जापानबाट

 

कार्यक्रममा तदर्थ समितिका संयोजक घर्ती मगरले प्रस्तुत गर्नुभएको कार्यप्रगति प्रतिवेदन र विधान मस्यौदामा आवश्यक छलफलपछि सामान्य संशोधनसहित सर्बसम्मत पारित गरिएको थियो ।



कार्यक्रमको अन्तमा नवनिर्वाचित अध्यक्ष ज्योतिष घर्ती मगरले जापानमा रहेका अर्घाखाँची जिल्लाबासीहरुलाई गोलबन्द गर्दै जिल्लाको समुचित बिकासका लागि संभवभएसम्मका भूमिका निर्बाह गर्ने, जापानमा अध्ययनरत अर्घाखाँची जिल्लाका विद्यार्थीहरुका समस्यामा सक्दो सहयोगी भूमिका खेल्ने, जापानस्थित नेपाली दूतावास र यहाँकासबै संघसंस्थाहसंग सहकार्य गर्दै अगाडि बढ्ने लगायतका प्रतिबद्धता ब्यक्त गर्दै अधिवेशन समापन गर्नुभएको थियो ।

 


तस्बिर: अर्घाखाँची समाज-जापानबाट

अन्य समाचारहरु