अर्जुन भुसाल
लुटिपोखरी खन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको खन लुटिपोखरी स्थित कालिका नेरा उच्च मावि अध्यक्षमा बालकृष्ण आचार्य निर्विरोध चयन भएका छन् । अभिभावकहरुले भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
सदस्यहरुमा खिमानन्द खनाल, भविश्वर पोख्रेल र सिता वि.क रहेका छन् । एमाले र एमाओवादी निकटका अभिभावकको समर्थनबाट उनी अध्यक्षमा निर्वाचित भएक हुन् । समितिमा कांग्रेसको प्रतिनिधित्व छैन ।
विद्यालयका प्रचार्य भुवन खनालको अध्यक्षता, विद्यालय निरिक्षक वेगम केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा श्रोत व्यक्ति मोतिराज शर्मा, नेपाली कांग्रेसका जिल्ला सदस्य विष्णु मुस्कान, एमालेका गाउँ कमिटी उपाध्यक्ष ऋषिराम पाख्रेल, एमाओवादीका विष्णु वि.क, राजमोका गाउँ कमिटी अध्यक्ष कृष्ण सुनारले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाली कांग्रेका जिल्ला सदस्य मुस्कानले एमाले र एमाओवादीको गठवन्धनमा बनेको समितिलाई कांग्रेसले बहिस्कार गरेको बताए । उनले बाहिर रहेपनि रचनात्मक ढंगले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । विद्यालय निरक्षक केसीले विद्यालय व्यवस्थापन समितिको गठन पछि अव विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा आफू आशावादी भएको बताए ।
नवनिर्वाचित अध्यक्ष आचार्यले विद्यालयको शैक्षिक भौतिक विकासका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले कांग्रेस निकटका अभिभावकलाई पनि समितिमा मनोनित गरेर सहयोग लिने बताए ।
भेलाले दण्डपाणि खनालको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभभावक संघ समेत गठन गरेको छ । सदस्यहरुमा पार्वता विक, रामबहादुर नेपाली, शोभाखर खनाल, कमला भुसाल, दिपा विक, कृष्ण बहादुर खडका, प्रकाश खनाल, माया विक, भुवन प्रसाद खनाल, र तिलकराम खनाल रहेका छन् । भेलामा करिव ३ सय अभिभावको उपस्थिति रहेको थियो ।
कार्यक्रम शिक्षिका विमला चौहानको स्वागत मन्तव्य र शिक्षक तिलक खनालको सञ्चालनमा सम्पन्न भएको हो ।