भुवन के.सी.
सन्धिखर्क, अर्घाखाँची । दुवै मृगौला फेल भएकी एक महिलालाई रोजगारीको लागी कतार पुगेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अर्घाखाँची धारापानी ३ की बबिता थापा भुसाललाई कतारमा कार्यरत टेकराज थापाको पहलमा आर्थिक सहयोग संकलन गरि उपचारको लागी पठाइएको हो ।
विगत १ महिना देखि दुवै मृगौला फेल भई राजधानीको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत बविता शिक्षासास्त्र संकाय स्नाकोत्तरकी छात्रा समेत हुन ।
दुवै मृगौलाको उपचारको लागी आर्थिकरुपमा असक्षम भएपछि आर्थिक सहयोगका लागी अनुरोध भइ आएपश्चात मानविय धर्म सम्झी आफुहरुले आर्थिक सहयोग संकलन अभियान चलाएको अभियानकर्ता अर्घाखाँची धारापानी निवासी टेकराज थापाले बताउनुभयो ।
सो अभियान मार्फत संकलित नेपाली रुपैया २१५५३ पिडितका श्रीमान दामोदर भुसाललाई हस्तान्तरण भइसकेको छ । सहयोग संकलन गर्ने सवैलाई अभियानकर्ताहरु हार्दिक धन्यबाद दिएका छन् ।