अर्घाखाँचीमा सार्बजनिक विदाको दिनमा सरकारी गाडिको दुरुपयोग नहोस भन्दै कडाई

कृष्ण परियार



सन्धिखर्क, अर्घाखाँची । जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले सार्बजनिक  विदाको दिनमा सरकारी गाडिको दुरुपयोग नहोस भन्दै सन्धिखर्कमा सरकारी गाडीहरुको चेकजाँच गरेको छ ।

 



तस्बिर: सुर्य भुसालबाट

 

सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउन नपाइने सरकारको नियम रहेको छ । बिदाको दिनपनि कार्यालयको बिशेष कामले गाडिको प्रयोग गर्नु परेमा जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयको चेकपास लिएर मात्र सरकारी गाडी गुडाउन पाउने प्रावधान रहेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेलले जानकारी दिनुभएको।



ट्राफिक प्रहरीले शनिबार गरेको चेकजाँचमा बिभिन्न सरकारी कार्यालयका २ वटा ठुला गाडी र १ वटा मोटरसाइकलले चेकपास नलिइ चलाएकोले चेकपास लिएरमात्र गाडी चलाउन अनुरोध गरी फर्र्काएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेसम बहादुर रानाभाटले जानकारी दिनुभएको छ ।

 



तस्बिर: सुर्य भुसालबाट

 

सरकारी सबारीसाधनको दुरुपयोग हुन नदिन आफुहरुले निरन्तर कदम चाल्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख रानाभाटले बताउनुभएको छ ।



जिल्ला भेला सम्पन्न गर्न यहि भाद्र १० गते देखि ३० गते सम्म जिल्लाभरका युवा जागरण अभियान संचालन गर्ने बैठकले निर्णय गरेको छ ।

अन्य समाचारहरु