धरानमा भारतीयद्धारा सात बर्षीया बालिकालाई बलात्कार

सुनसरी  । सुनसरीको धरानमा सात बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भई धरान १५ मा डेरा गरी बस्दै आएका ४२ बर्षिय फटिक शेख रहेका छन् ।
बलात्कृत बालिकालाई खानेकुरा र ५ रुपैयां दिएर फटिकले शनिबार सांझ बलात्कार गरेको परिवारजनको आरोप छ ।
बालिका बलात्कार गरी फरार रहेका फटिकलाई परिबारकै उजुरीको आधारमा शनिबार नै नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदम कुमार सिजापतीले जानकारी दिए ।
फटिकलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । बलात्कारमा परेकी बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । इमेजखबरमा समाचार छ ।