तीज आउन ३ हप्ता बाँकी छँदै अर्घाखाँचीमा तिज गीत घन्कन थाले
भाद्र ६ गते, २०७२ मा प्रकाशित
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । हिन्दु नेपाली महिलाहरुको महान पर्व तिज आउन करिव ३ हप्ता बाँकी छँदै अर्घाखाँची जिल्लाका ग्रामिण क्षेत्रमा भने परम्परागत तिजगीत घन्कन थालेका छन् ।
यहाँका दिदि बहिनीहरुले घाँसदाँउरा र मेलापात गर्दा समेत तिजगित घन्काउने गरेका छन् भने साँझको समयमा टोल छिमेकमा जम्मा भएर तिजगित गाई मनोरञ्जन लिनेकाम समेत भई रहेको देख्न पाइन्छ ।
सन्धिखर्कमा ।
यहाँका महिलाहरुले तिजगितमा महिला अधिकार, श्रीमान्ले श्रीमतीलाई गर्ने दुव्र्यवहार सासु बुहारीको झगडा मात्र होइन शान्ती र संविधानका कुरा समेत उठाउने गरेका छन् ।
पानडाँडामा ।
पछिल्ला वर्षहरुमा जिल्लामा तिज पर्वको अवसर पारी विभिन्न तिजगित प्रतियोगिता समेत गर्ने प्रचलन बढ्दै गएको छ । जिल्लामा महिला समुह तथा विभिन्न क्लवहरुले यस्ता प्रतियोगिता सञ्चालन गर्ने गर्दछन् ।