– कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची । बढ्दो बजारीकरणले गर्दा खोतीयोग्य जमिनहरु बन्जरमा परिणत हुन थालेका छन् ।
गाउँबाट सहरमा झर्ने सवैको ईच्छा बढ्न थालेपछि बजारमा रहेका खेतीयोग्य जमिनहरु प्लटिङ गर्न थालेपछि अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र आसपासमा रहेको खेती योग्य जमिन बन्जरमा परिणत भएको छ ।
सदरमुकामको आसपासका क्षेत्रमा रहेको खेती योग्य जमिनमा पलटिङ्ग गरी टुक्राए पछि सयौ रोपनी खेतीयोग्य जमिन बाझै पल्टिएको हो । हरियै धानका फाटहरु हुने र मनमोहक दृश्यहरु देख्न पाईने यो समयमा यहाँका मलिला फाँटहरु खाली बगरमा परिणत भई दिंदा लाखौंको क्षती हुने गरेको छ ।
जिल्लाका ठुला ठालुहरुले छोंटो समयमै अकुत रकम कमाउने उदेश्यले अव्यवस्थीत रुपमा सदरकुकाममा घडेरी पलटिङ्ग गर्दा सदरमुकाममा खेती योग्य जमिन भेट्टाउनै मुस्कील पर्न थालेको छ । जग्गा व्यवसायीहरुले सन्धिखर्ककका खेतीयोग्य फाटहरुमा प्लटिङ गरेर साना साना टुक्रापारी घडेरी विक्री गर्दा सयौं रोपनी खेती योग्य जमिन बन्जरमा परिणत मात्र भएन दिन दिन घडेरी सम्याउने नाममा बजारको वीचमा संचालन गरिने भ्याकु, स्काभेटर, डोजर लगायतका भारी उपकरणका कारण जग्गा जमिनको भू- बनोट खलबलाउने कामभएको स्थानीय वासीन्दाको गुनासो छ ।
जग्गा व्यवसायी र कतिपय व्यक्तिहरुले व्यक्तिगत लाभका लागि सार्वजनिक जग्गा , खोला तथा खोल्साहरु लाई सडक बनाएर आफ्नो नीजि जग्गालाइ मोटो रकम असुलेर घडेरीका रुपमा विक्रि गर्दै आएका छन् । कतिपय व्यक्तिहरुले त सार्वजनिक जग्गा विक्रि गर्ने तथा घर बनाउने समेत गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ ।
चुत्रावेसी र सन्धिखर्कको वीचमा बग्ने वागी खोला , भद्रिखोला र घोंचेखोला समेत अतिक्रमणमा परेका छन् । वगिरहेको खोलामा व्यक्तिहरुले तार जाली लगाएर घडेरी बनाउने काम गरेका छन् । खोलाको किनारामा रहेको दर्जनौ घरहरु सार्वजनिक जग्गामा निर्माण गरिएको स्थानीयको आरोप छ । वर्षातको समयमा बगर, ढाकेर वग्ने बागी खोलालाई अहिले ४-६ मिटरमा मात्र सिमित गरेर कुलाको रुपमा परिणत गरिएको छ । सदरमुकामको आसपासमा रहेका भिराला पाखाहरु भत्काउने र बागी खोलालाई अतिक्रमण गरेर सिमित ठाउमा कैद गर्ने काम भएको छ । जग्गा व्यवसायीहरु र व्यक्तिले जती नै सुकै जग्गा हडपे पनि यसतर्फ कुनै पनि निकायको चासो नपुगेको स्थानीय बासीन्दाको गुनासो छ ।
सन्धिखर्कमा सुरु देखि वासोवास गर्दै आएका बुढापाकाहरु बागीखोला कम्तीमा पनि ३० देखि ४० मिटरको चौडाइमा वग्ने गरेको वताउछन् । जिल्लाका समाजसेवी र बुज्रुक भन्नेहरुले ४० मिटर क्षेत्रमा वग्ने खोलालाई ४-६ मिटरमा मात्र सिमित गरी पानी वग्ने ठाउमा वाल लगाएर मेरो आनै जग्गा हो भन्दै बहादुरी गरेर घडेरी निमार्ण गर्नु लाई स्थानीय वासीन्दाहरुले चरम दण्डहिनताको रुपमा लिएका छन् । यसैगरी जग्गा पलटिङ्ग कार्यलाई नरोकिएमा बजारको सौन्दर्यता समेत धरापमा पर्ने देखिन्छ ।