लिबियाबाट भूमध्यसागर हुँदै युरोप प्रवेश गर्ने क्रममा रहेको एक डुंगा बीच बाटोमै रोकिँदा ५० जनाभन्दा बढीको मृत्यु

लिबियाबाट भूमध्यसागर हुँदै युरोप प्रवेश गर्ने क्रममा रहेको एक डुंगा बीच बाटोमै रोकिँदा ५० जनाभन्दा बढीको मृत्यु भएको छ ।
लिबियाको तटीय क्षेत्रमा रोकिएको डुंगाबाट अन्य ४ सय ३० भन्दा बढीको भने जिबितै उद्धार गरिएको छ । अधिकांशको निसास्सिएर मृत्यु भएको इटालीयन अधिकारीहरुले जनाएका छन ।
यो वर्ष मात्रै लिबियाबाट भूमध्येसागर हुँदै युरोप प्रवेश गर्न खोज्ने हजारौं ब्यक्तिको डुंगा दुर्घटनामा मृत्यु भएको छ भने त्यति नै संख्यामा उद्धार गरिएको छ ।
बुधबार भएको दुर्घटना र त्यसपछिको उद्धार कार्य पनि हालसम्मको दसौं पटक भएको इटालीयन अधिकारीहरुले जनाएका छन ।
पछिल्लो समय भुमध्येसागर हुँदै २ लाख ५० हजारभन्दा बढी मानिस युरोप प्रवेश गरिसकेका छन् । ती मध्ये १ लाखभन्दा बढी इटलीमा प्रवेश गरेको बताइएको छ । (एजेन्सी)