आफ्नो स्वास्थ्य आफै नबिगारौं

– रबिन्द्र पाण्डे “समीर”
द्दन्द र स्वास्थ्यको ठूलो सम्बन्ध छ । अहिले मुलुकमा जुन अराजकता र अमानविय हर्कतको शृंखला चलेको छ, त्यसमा प्रतक्ष्य भोक्ताहरु न रातको निद न दिनको चैन भएर बसेका छन् । उनीहरुको निडरतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।
हामी अप्रतक्ष्य असर परिरहेका धेरैको स्वास्थ्य बिग्रदो छ । कुनै एक पक्षको अन्ध समर्थन वा अर्को समुहप्रति अन्ध बिरोध गर्दा, प्रतिक्रिया व्यक्त गर्दा, धेरै सोंच्दा रक्तचाप बढ्ने, मुटुको धुकधुकी बढ्ने, निद्रा नलाग्ने, असुरक्षित महशुष गर्ने, उज्ज्वल
भविष्य नदेख्ने, आफ्ना सन्ततिको चिन्ता लाग्ने आदि लक्षण देखिन थालेका छन् ।
पक्षधरताको कारण उत्पन्न हुने इमोसन वा सम्बेदंशिलाताको कारण मानसिक समस्या, मुटुको समस्या, पाचन प्रणालीको समस्या लगायत उत्पन्न हुन्छन । हामी आफुले आफ्नो सम्प्रदाय, जाती, धर्म वा बिचारको ठेक्का लिएको भ्रम र त्यो भ्रमको
कारण प्रतिक्रियात्मक हुने बानी हाम्रो स्वास्थ्यको लागि एकदम प्रतिकुल छ ।
हामीले आदर्श ठानेका वा नेता मानेका व्यक्तिहरु हामीप्रति कति जिम्मेवार छन् भन्ने तथ्य सबैले देखे / भोगेकै कुरा हो । तसर्थ राजनीति गर्नेले देश र जनताको पक्षमा राजनीति गरौँ । राजनीति नगर्नेले आफ्नो काममा दत्तचित्त बनौं । सबैलाई थाहा छ,
जुन देशमा अधिकांश जनता राजनीतिमा लाग्छन त्यो देशमा शान्ति, बिकास र सामाजिक एकता हुँदैन । बिनाकारण हामि कसैप्रति बायस हुनै पर्छ
भन्ने छैन । 
बिकसित देशका जनता हेरौं, उनीहरु आफ्नो सरोकारको बिषय बाहेक अन्य कुरामा चासो राख्दैनन् / प्रतिक्रिया व्यक्त गर्दैनन् । सामाजिक संजाललाई शितल चौतारो बनाऔं, हिंस्रक तस्बिर वा अरुलाई चित्त दुख्ने सामग्री नराखौं । सकारात्मक, आशाबादी र सहयोगी बन्यौं भने त्यसको किरणले हाम्रो शारीरिक तथा मानसिक
स्वास्थ्य सबल हुन्छ ।
(लेखक जनस्वास्थ्य विशेषज्ञ तथा वरिष्ठ साहित्यकार हुन )

The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.