लिबियाको तटीय क्षेत्रमा आप्रवासीलाई लिएर गइरहेको एउटा डुंगा दुर्घटना, २०० जनाको मृत्‍यु

लिबियाको तटीय क्षेत्रमा आप्रवासीलाई लिएर गइरहेको एउटा डुंगा दुर्घटना हुँदा कम्तीमा २०० जनाको मृत्‍यु भएको छ ।  डुंगामा ४ सयभन्दा बढी सवार थिए ।
आप्रवासी बोकेको डुंगा लिबियाली शहर जुवारा नजिक पल्टिएर दुर्घटना भएको हो ।  
लिबियाली तट रक्षक बलले दुर्घटना भएको डुंगा खोज्ने अभियान चलाएको छ । यस वर्ष लिबियाको बाटो हुँदै युरोप जान प्रयास गर्नेहरुमध्ये दुई हजारभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)