विभिन्न स्थानमा विष्फोट गराएको आरोपमा दोषी पाइएपछि अफ्रिकी मुलुक चाडमा बोकोहरामका दश जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
तीन दिसम्मको बहसपछि मृत्युदण्डको सजायँ सुनाइएको हो । जून महिनामा निजामेयमा ३८ जना मारिने गरी गराइएको आक्रमणमा दोषी ठहर गर्दै यो सजायँ सुनाइएको बताइएको छ ।
नाइजेरियामा सक्रिय बोकाहरामले चाडमा गरेको यो पहिलो आक्रमण थियो ।
बोकोहरामको आतंकले नाइजेरियासँग सीमा जोडिएका अरु देश पनि प्रताडित हुन थालेपछि क्षेत्रीय सेना नै बनाएर कारवाही थालिएको छ । (एजेन्सी)