भारतको नागाल्याण्डमा सुरक्षा कारवाहीमा सात जना पृथकतावादी मारिएका छन् ।
मारिने पृथकतावादी संगठन एनएससीएनका सात सदस्य हुन् । नागाल्याण्डको तुएनसाँग जिल्लामा सुरक्षा बलसँगको मूठभेडमा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।
मारिनेमा एक जना महिला पनि रहेकी छिन । घटनास्थलबाट ठूलो मात्रा हतियार र गोलाबारुद पाइएको बताइएको छ । जूनमा मणिपुरमा यसै समूहको आक्रमणमा परी १८ जना मारिएका थिए । (एजेन्सी)