यसपाली अर्घा मै जाम्ला बरि बरीलै….!!!…

अर्घाखाँची जिल्ला हाम्रो खन दह वाङ्ला ढाडा सुपा नरपानीमा घुमेर हेरौला हजुर ।।
बल्कोट खिदिम चिदिका र हंसपुर अर्घा मनै भित्र बसिरहने राम्रो सन्धिखर्क हजुर,
हह्ह्ह यसपाली अर्घा मै जाम्ला बरीलै, तिजमा छमछमी नाचम  बरीलै ,
यसपाली अर्घा मै जाम्ला बरि बरीलै……तिजमा छमछमी नाचम बरीलै ,यसपालीअर्घा मै जाम्ला बरि बरीलै……तिजमा छमछमी नाचम  बरीलै
 
सन्धिखर्क, अर्घाखाँची, अर्घाखाँची डट्कम । अहिले सम्म राजनीतिक लगायतका अन्य तिज गीतमा नाचेका अर्घाखाँचीका चेलीबेटीले यस पटक भने सुरुवातमा “यसपाली अर्घा मै जाम्ला बरि बरीलै……तिजमा छमछमी नाचम बरीलै” लयको गीत गएका छन् । जुन अहिले अर्घाखाँचीका गाउँ-गाउँमा घन्किरहेको छ। 
शनिबार जनैपूर्णिमा एवम रक्षा बन्धनको तिज गीतका लागि भेला भएका महिलाले शुरुवातमा यस गीत गएका छन् । 
 


अविरल फिल्म्स बुटवलले गरेको पोस्ट प्रोडक्सनको यो गीत यतिबेला जिल्लाका गाउँ-गाउँमा घन्किएको हो । यस गीतले अर्घाखाँची जिल्लाका प्रमुख पर्यटन, धार्मिक क्षेत्रलाई समटेको छ । तर पनि हरितालीका तीजको दिन जिल्लाको प्रसिद्द – भव्य तिज मेला लाग्ने स्थान अर्घा भन्दा पनि नुवाकोट गाबिसको पोखेडाँडा भएता पनि पोखेडाँडाको नाम गीतमा सम्बोधन नगर्दा पश्चिम अर्घाखाँचीमा त्यति चर्चा छैन ।
अविरल फिल्म्स बुटवलले टेलिभिजन तथा युट्युबमा रीलीज गरे लगत्तै एवम अर्घाखाँचीडट्कमले समाचार प्रकासित गरे लगतै यस तिजको चर्चा अर्घाखाँची जिल्लाको संगित ईतिहासमा पहिलो पटक भएको देखिन्छ ।
 
यस तिज गीतमा अर्घाखाँची लगायत पश्चिमाञ्चल क्षेत्रमा रहेका विभिन्न पर्यटकीय र ऐतिहाषिक ठाउँहरुलाई समेटेर तयार गरिएको छ।
 

 

ओम ज्ञवाली र टिका पुनको आवाज, कृष्ण अन्जान ज्ञवालीको शब्द तथा ओम ज्ञवालीको  लय रहेको गीतको भिडियोको निर्देशन छायांकन बिष्णु भट्टराईको रहेको छ। यस गीतका प्रमुख नृत्य कलाकारको समेत जिल्लामा धेरै चर्चा छ ।
थाहा भए अनुसार अर्घाखाँची जिल्ला लगायत पश्चिमाञ्चल क्षेत्रका एफ.एम रेडियोले यो गीतलाई अन्यको तुलनामा  बढी  प्राथमिकता दिएर बजाई रहेका छन् ।
 


 

अन्य समाचारहरु