थाइल्यान्डको राजधानी बैंककमा दुई साताअघि भएको विस्फोटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विदेशी नागरिक रहेका उक्त व्यक्ति बैंकक नजिक नोङ जोकबाट पक्राउ परेको त्यहाँको प्रहरीले जनाएको छ । २८ वर्षीय उक्त व्यक्ति विस्फोट गराउने मुख्य व्यक्ति नभइ घटनामा संलग्न रहेको आशंका प्रहरीकोे छ ।
बैंकक प्रहरी प्रवक्ताले पक्राउ परेको व्यक्ति बसेको अर्पाटमेन्टबाट बम बनाउने सामग्रीहरु र १० ओटा नक्कली पासपोर्ट बरामद गरेको जनाएका छन् । प्रहरीले घटनामा संलग्न मुख्य व्यक्तिको खोजी भैरहेको जनाएको छ ।
गत अगष्ट १७ मा बैंककको इरावन मन्दिरमा भएको विस्फोटमा २० जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए । (एजेन्सी)