अर्घा घोचेखोलाका कृषकले गाइभैसीको पिसाबले तरकारी उत्पादनमा बृद्धि गर्दै

प्रेम आचार्य



घोचेखोला, अर्घाखाँची ।  पहिले पहिले तरकारीमा  रासायनीक मल र बिषादी प्रयोग गर्ने  अर्घा घोचेखोलाका कृषक सुर्य आचार्यले एक बर्ष देखि  तरकारीमा रासायनीक मल र बिषादीको प्रयोग गर्न छाडेका छन । 

 



अर्घा घोचेखोलाका कृषक सुर्य प्रसाद आचार्य बारीमा टर्नेल भित्र लगाएको टमाटर खेतीमा गाईभैसीको पिसाब राखिदिदै ।

 

रासायनिक मल र बिषादीको प्रयोगले उत्पादन गरिएका तरकारी खानाले मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने जानकारी प्राप्त भए पछि रासायनिक मलको सटा गोठे गोबर मल गहुत  , कम्पोष्ट मल र बिषादीको सटा गाइ भैसीको पिसाबमा पानी राखेर बिरुवामा छरेर खेती गरेको उनको भनाइ छ । पिसाबको प्रयोगले तरकारी खेती अत्यन्तै राम्रो भएको छ ।

 



 

भैसीको गोठमा भकारो सुधार गरि भैसीको पिसाब संकलन गरि ट्ंयाकीमा  जम्मा गर्ने र पिसाबमा पानी मिसाइ बिरुबामा राख्ने गरेको आचार्यको भनाइ छ ।  उनले खेतमा अहिले लौका, काक्रो, बन्दा, सिमी, बोडी, टमाटर  लगायतका तरकारी उत्पादन गरेका छन । 



दुइ बर्ष पहिले सम्म रासायनिक मल र बिषादी प्रयोग गर्ने घोचेखोलाका  कृषकहरु आज भोलि गोबर मल , कम्पोस्ट मल , कुखुराको मल र गाइ भैसीको पिसाब प्रयोग गरि तरकारी खेती गर्दै आएका छन । उनी मात्र घोचेखोला र किमडाडाका झण्डै ६० घर परिबारका मानिसहरु गाइभैसीको पिसाबको प्रयोगमा लागेका छन ।  जिल्ला कृषि बिकास कार्यलय र जिल्ला पशुसेवा कार्यलयले गाँउका कृषकलाइ गोबर मल , कम्पोस्ट मल र गाइ भैसीको पिसाब प्रयोग गरि तरकारी खेती गर्न सिकाए पछि गाँउका सबैले गाई भैसीको पिसाब प्रयोग गर्न सुरु गरेका हुन ।  

 



 

३ बर्ष पहिले अर्घाका जीबन आचार्यलाइ  पनि   गाइको पिसाब तरकारी खेतीमा राखेमा उत्पादन बृद्धि हुन्छ भन्ने कुरो थाहा थिएन । उनलाइ पिसाबको महत्व बारे बुझ्न पनि चाहेका थिएनन । तर अहिले उनले दैनिक पिसाब संकलन गरेर संकलन गरेको पिसाब तरकारी खेतीमा राख्न सुरु गरेका छन । 



पहिले जस्तै भैसीको पिसाब भकारामै खेर जान नदिन जिल्लाका बिभिन्न स्थानमा जिल्ला पशु सेवा कार्यलय र कृषि बिकास कायृलयले भकारो सुधारको कार्यक्रम सञ्चालन गरेका छ । किमडाडा र भगबती गाविसमा यो कार्यक्रम अभियानका रुपमा अगाडी बढेको छ । 

 



 

कृषकहरुलाई घरमा पालेको गाई भैसीको पिसाब (गह त) को खासै महत्व थिएन, त्यसै खेर जान्थ्यो । गोबर मल तिर मात्रै ध्यान थियो तर अहिले गोबर मलको भन्दा पिसाबको धेरै महत्व बढ्दै गएको छ  । त्यसैले कृषकहरु पिसाबलाई बढी संरक्षण गर्न सुरु गरेका छन्   । 



अन्न देखी तरकारी, फलफुलसम्ममा पिसाब राखेपछि राम्रो उत्पादन हुन थालेको छ । पिसाब राखेपछि एका तिर रासायनिक मल किन्ने पैसाको बचत भएको छ किटनासक बिसादी छर्न परेको छैन भने अर्को तर्फ आर्गानिक खेतीले मानिसको स्वास्थ्य अबस्था समेत सुदृढ हुने भएको छ ।  

अन्य समाचारहरु