नेपाल बन्द अब रातीमा गरौ !

 राजु खडका, यु ए ई 
धेरै भयो नेपाल बन्द नेपालमा। अब त खुला हुँदा पनि बन्द जस्तो लाग्न थाल्यो। तीन बर्षमा १ बर्ष बन्द भएको रेकर्ड सार्वजनिक भएको छ एस्को मतलब हरेक ३ दिनमा १ दिन बन्द। राष्ट्रको उन्नती को लागि भन्दा पनि ब्यक्तीगत स्वार्थ पुर्तीका लागि हुन आन्दोलन अनी बन्द। एही हिसाबले गर्दै गयो भने एक दिन कतै नेपालको नाम नै नेपाल बन्द हुनेछ भन्ने मा शंखा मान्नु पर्दैन। 
राष्ट्रलाई निकाश दिन को लागि भन्दै जानीजानी हामी नेपाल बन्दलाई मुल मन्त्र बनाएका छौ। हामीलाई थाहा छ यो कुनै सही निर्णय हैन। दैनिक रुपमा हामी पछी धकेलिदै छौ। एकपटक अब त सोचौ! हाम्रो सबै भन्दा असर पर्ने स्थान भनेको शैक्षिक संस्था हो। हामी दैनिक एक छाकमा आफ्नो जीवन टार्दै छौ, एक सुतो कपडामा रमाईरहेका छौ, दिन भर घाम पानी सँग लडीरहेका छौ के का लागि केबल हाम्रो सन्तानलाई उच्च शिक्षा दिनका लागि त हो। फेरी किन हामी सोच्दैनोउ किन बिचार गर्दौनोउ किन अरुको पछी लागि रहेका छौ। हामीलाई सही गलत थाहा छ अब त सजिलै छुट्टाउन सक्छौ बिचार गरौ कहिले एस्तो नहोश किताब छोप्ने हाम्रा नानीबाबुका हातहरु आन्दोलन को लागि हतियार छोप्ने समाजमा हुर्किन वाध्य नहौन।
हामिले गर्ने व्यबहारले नै हाम्रा सन्तानको भबिस्य निर्धारण गर्छ। हाम्रो नेपालमा दैनिक रोजीरोटी गरेर खानेहरु सन्ख्या धेरै छ। २, ४ जना नेताहरु को भरमा पपेर आफु र आफ्नो सन्तानको भबिस्य सँग नखेलौ। एदी नेपाल बन्द नै समस्याको समाधान हो भने अब नेपाल बन्द नै गर्न छ भनी रातीमा गर्नु नि कमसेकम नेपालको जनसंख्या त बडने थिएन, राको बाल्दै हिंडे पछी चोर अनी ठगहरुले जनताहरु लुटिने थिएनन, चौर अनी सडकको पेटीमा सुत्नेहरु सुरक्षित हुने थिए। नारीहरुको बलात्कार हुने थिएन। दिनभर काम गरेर थाकेका किसानहरु २ गास खाएर मजाले सुत्न पाउने थिए। मध्य रातमा देश बेच्नेहरुको जमघट हुने थिएन। खाडीमा पठाउन दलाली गर्नेहरुले सोझा जनता बाट चुसेको पैसाले सोलमारीमा टुच्च लाउन पाउने थिएनन। दिनमा एकथरी भाषण गरेर रातमा कुरो फेर्नेहरुले जिब्रो फेर्न पाउने थिएनन रातभर रक्सी र सुकुटी खाएर बिहान पार्टी बदल्नेहरु ले कुनै अबसर पाउने थिएनन त्यसैले अब नेपाल बन्द नै गर्ने हो भनी नेता सुदार्ने र नेपालको हित र बिकास गर्ने हो भनी अब दिनमा हैन रातिमा नेपाल बन्द गर्नु पर्छ।
The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.