असुरकोटको पौवामा तिज गित प्रतियोगिता सम्पन्न ! नुवाकोटको हटियामा गाईजात्रा पर्व

कृष्ण परियार 



असुरकोट, अर्घाखाँची  ।  महिला दिदि बहिनीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा विभिन्न ठाउँमा यतिवेला तिजको रौनक बढ्न थालेको छ । विभिन्न आमा समुह ,विभिन्न क्लवहरु र  महिला समुहको आयोजनामा विभिन्न ठाउँहरुमा तिज प्रतियोगिता हुन थालेका छन् ।

 


 

तिजको अवसरमा अन्तर पाटी महिला संजाल असुरकोटको आयोजनामा असुरकोटको पौवामा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । सरसफाई तथा महिला साक्षरता विषयक तिज गित प्रतियोगितामा विभिन्न १९ ओटा समुृहहरुको सहभागिता रहेको थियो । 

 



 

अन्तर पाटी महिला संजालकि अध्यक्ष कमला बेलवासेको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथीतीमा गाविस सचिव मदन बेलवासे रहनु भएको थियो । कार्यक्रममा नेपाली काग्रेस गाउ समिति उपाध्यक्ष हिमलाल बन्जाडे,  नेकपा एमाले प्रतिनिधि जेदु भण्डारी , एमाओवादी प्रतिनिधि मोहन भट्टराई र राजमोका तुल्सिराम बेलवासे लगायतको विशिष्ट आथित्यता रहेको थियो । 

 



 

संजालकी सचिव यमा श्रेष्ठको स्वागत मन्तव्य र नेपाल महिला संघ जिल्ला सचिव तथा महिला संजाल असुरकोटकी सह सचिव संगिता बेलवासेको् सञ्चालनमा कार्यक्रम संपन्न भएको थियो । स्थानिय स्तरका विभिन्न संघ संस्था ,वुद्धिजिवि , सुरक्षा निकाय र महिलाहरुको बाक्लो सहभागिता रहेको  कार्यक्रममा जनचेतनामुलक गितहरु प्रस्तुत गरी सहभागिहरुलाई छमछमी नचाएका थिए । 

 





 

नुवाकोटको हटियामा गाईजात्रा पर्व

 

नुवाकोटको हटिया बजारमा गाईजात्रा पर्वको अवसरमा नेवारी जातिले गाईजात्रा पर्व मनाएका छन् । एक बर्ष भित्र मृत्यु भएकाको सम्झनामा मनाईने यो पर्व नुवाकोटमा पनि मनाईएको हो । सोमवार नुवाकोटको भैरव मन्दिरको आयोजनामा  रोपाईजात्रा हुने मन्दिर व्यवस्थापन समिति अध्यक्ष कुमार श्रेष्ठले बताए । 

 


अन्य समाचारहरु