उत्तरपूर्वी भारतको आसाम राज्यमा अविरल वर्षाका कारण बाढी आउँदा लाखौँ मानिस प्रभावित भएका छन्। बाढीले कम्तिमा पाँच जनालाई बगाएको जनाइएको छ।
आसामका मुख्य सहरी ईलाका तथा एक हजार भन्दा बढी गाउँमा ४ लाख ६४ हजार मानिस बाढीबाट प्रभावित भएको इन्डो-एसियन न्युज सर्भिसले जनाएको छ।
आसामका कैयौँ पूर्वी गाउँहरुमा अवस्था गम्भीर रहेको बताइएको छ। यहाँ ७०० भन्दा बढी गाउँ गएको दुई दिनभित्र डुबानमा परेका छन् । एजेन्सी