प्रदेश निर्माण र यसको नामाकरण

राजु खड्का अर्घाखाँची, यु ए ई 



बन्दै गरेको नयाँ संविधानमा अहिले सबै भन्दा ध्यान दिनु पर्ने बिषय भनेको नै प्रदेशको निर्माण, राजधानी र त्यसको नामाकरण रहेको छ । हुनत हाल सवैको ध्यान सिमांकनमा केन्द्रीत छ । त्यसैले अहिले आम नागरिकका वीचमा यहि विषयमा छलफल भइरहेको छ ।

 

अहिले मुलुकमा चलिरहेको द्धन्द देख्दा पुख्र्यौली सम्पत्तीको बाँडफँडमा दाजुभाईहरु बीच हुने लडाई झगडाको झल्को आइरहेको छ । यो सबैको कारण नेपालको भौगोलिक स्थिती हो। बिकासको नारा लिएर प्रदेशहरुको निर्माण भएको बुझाई भयता पनि यथार्थमा नेताहरुले आफ्नो स्वार्थको लागि सहज र सजिलो मार्ग बनाउन खोज्नु नै समस्या हो । यसको ज्वलन्त उदाहरण सुर्खेत र तराईमा चलिरहेको आन्दोलन हो। हिमाल पहाड अनी तराईलाई समेटेर हरेक प्रदेश बनाउने हो भनें हिजोको जस्तै एकता र आपसी मेलामिलाप तथा बिदेशी शक्तीको हस्तक्षेपबाट सुरक्षित हुन्छ भन्नेमा कुनै शंका छैन ।

 

 



यस्तो छ ७ प्रदेश ! साथै प्रदेश निर्माणपछि राजधानीको निर्णय हिजोको विकास र जनघनत्वलाई ध्यानमा दिएर बनाउनुको साटो नयाँ ठाउँलाई बिकास गरी नयाँ शहर निर्माण गरिएमा थप एक शहरको निर्माण हुनुका साथै बिकासमा पनि टेवा पुग्ने मैले महसुस गरेको छु।



अर्घाखाँची जिल्ला भनौ या अहिलेको संघीय संरचनामा ५ नम्बर प्रदेशमा रहेको परासी दाउन्नेको पश्चिम्, अन्य लुम्बिनिका पुरै जिल्ला, बाग्लुङको पश्चिम भाग, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुमका १० गाविसलाई जसरी समेटिएको छ भरसक जिल्लालाई नटुक्राउने गरी यी सबै जिल्लाको बिचमा पर्ने स्थानलाई जस्तै प्युठान तथा अर्घाखाँचीको कुनै स्थानमा धरातल बनावट हेरेर राजाधानीको निर्माण गर्ने, प्रदेशको नाम राख्दा धार्मिक सम्पदाको बिषयलाई चुनेर नामकरण राख्नाले पर्यटन र बिकासलाई सघाउ हुने हुँदा लुम्बिनी प्रदेश भनेर राखियोस भन्ने मेरो सुझाव रहेको छ ।