डिआरजी सुमन
वर्तमान नेपालको संक्रमणकालिन अवस्था नियन्त्रण वाहिर रहेको सर्वविदितै छ । नेपालमा संघीय राज्यको नामांकन र सिमांकनको विवादले मानव अधिकारको दुरुपयोग गर्दै नावालक वच्चाको मात्र हैन राष्ट्रीय सुरक्षामा प्रतिवद्ध सेती अंचल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित कयौ प्रहरी जवानको ज्यान समेत लिएको छ । विखण्डकारी खण्डिकरणको कारणले गर्दा कहिले थारुहट त कहिले मगरात र यो वाँ त्यो राज्यको नाममा नेपाल वन्द गर्दा लाखौ व्यापारिक एवं शैक्षिक प्रतिष्ठानमा प्रतक्ष्य असर परेको छ । नेपालको अस्थिर र अपरिपक्क राजनितीले गर्दा दक्षयुवाहरु विदेश पलायन हुनु परेको अवस्था छ । काठमांडौमा भएका नेताहरुसंग माँग पुरा गर्न नसकि वन्द हड़ताल गाँउमा गर्दा दैनिक ज्याला मजदुरीगरी जिविकोपार्जन गर्नेलाई वाँच्न समेत धौ-धौ परेको छ । यता वन्द हड़तालले नेपाली भविष्यको संरक्षक र कर्णधार विद्यार्थीको दैनिक पठनपाठनमै अवरोध श्रृजना गरेको हुदा विद्यार्थीको भविष्य नै अन्धकारमय वातावरण वनाएको छ । नियमन निकायवाट पटक पटक विद्यालयलाई वन्द हड़ताल मुक्त शान्ति क्षेत्र घोषणा गर्ने योजना गरिएको भएता पनी नेपालको राजनितीले सदैव वन्द हड़तालको मुख्य क्षेत्र विद्यालयलाई नै वनाएको छ । यसै त विद्यालयका अधिकतम शिक्षक कुनै न कुनै राजनीतिक दलको पदाधिकारी वाँ क्रियाशील सदस्य रहेको हुदा आन्दोलनका अगुवा शिक्षक नै वनेको कारण विद्यार्थीलाई समेत आन्दोलनमा होमी रहेका पाईन्छ । नेपालको क़ानून गरिव निमुखा र निर्दोषका लागी मात्र लागु हुने तर यो कानुनले ठुलानेता,धनवान र वलबान,वास्तविक अपराधी र हत्यारा विरुद्ध कहिले नछुने हुदा नेपाली राजनीति संगठन त परै जाओस सरकारले समेत सेना,प्रहरीको भर नपरि आ आफ्नै गुण्डाको परिचालन गर्दा निश्चित हुन्छ कि नेपालमा वैधानिकता भन्दा अवैधानिकताले हैकमवाजी चलाएको छ । यसैको परिणाम गृह मन्त्रिले कैलालीको वातावरण शान्त वनाउन नेपाल प्रहरीको नियन्त्रण वाहिर गएको हुदा सेना परिचालन गर्दा विभिन्न संगठन र व्याक्तीले दिएको आपत्ति जनक राष्ट्रघाती अभिव्यक्तिले नेपाली नेता अझैपनी देश र जनताको सुरक्षा र शान्ति हैन आफ्नो निजी परिवार,आफ्नो संगठन र गुटको संरक्षणकोलागी सच्चा राष्ट्रवादी नागरिकको हत्या गर्ने औधोगीक व्यावसायिक खेलमा लागेको पाईन्छ । प्रतिष्ठित घैटे र चरी जस्ता यस्ता औधोगीक व्यावसायिकको प्रहरी ईन्टकाउण्टरमा मरिदा चिन्ता व्याक्त गर्ने विदेशी दलाल एसएसपी लक्ष्मण न्यौपानेको हत्यालाई सामान्य ठान्दछन भने रमेश खरेल जस्ता सच्चा राष्ट्रसेवकलाई घृणा गर्छन ।
आन्दोलनगर नाम अगाडी ल्याउ मन्त्री बन गुण्डापाल र जनता भुट अनि राष्ट्रीय सम्पत्ति लुट यही नै हो नेपाली राजनिती यो सर्व विदितै छ । आख़िर वन्द हड़तालले राजनिती भरौटेको हैकमवाजी नेतृत्वलाई वाहेक कसैलाई हित गर्दैन । करोड़ौको ऋण कर्जा काडेर खोलिएका व्यापारिक प्रतिष्ठानमा एक दिनको वन्दले व्यापारीको लाखौको आम्दानीमा नोक्सान त हुन्छ नै यसको अतिरिक्त दैनिक मजदुरी गरी ज्यान र परिवार पाल्ने मज़दूर भोकभोकै वस्न वाध्य परेको हुन्छ । नेपालमा जनतालाई झुक्काएर खान पल्किएका राजनीतिक खेतालाहरु आख़िर जनता र राष्ट्रको भविष्यमाथीको खेलवाडले दिगो रुपमै असर पार्ने निश्चित छ ।
नेपालमा गणतन्त्रात्मक संघीय राज्य सिमांकनको चरणमा अठार दिन सम्मको आमहडतालले तराईको जन जीवन अस्त व्यास्त पारेको छ । केहीदिन अघी कैलालीको टिकापुरमा संघीय राज्यकै माँगले सुरक्षा कर्मीमाथी ज्युदै आगों लगाईयो यसैको परिणाम निषेधाज्ञा र कर्फ्यु लगाई जनजीवन अस्त व्यस्त अवस्थामा पुराउदा त्यो स्थानमा दैनिक मजदुरी गरी खाने र भाडामा संचालित व्यापारिक क्षेत्रमा भएको नोक्सानको ज़िम्मा कसले लिने हो यसवारे कसैको ध्यान गएको छैन । यस्तै पूर्वी तराईका धेरै जिल्लामा यस्तै यस्तै वन्द हड़तालको कारणले जनजीवन अस्त व्यास्त रहेको छ । अस्पतालमा गोली चलेका छन,प्रहरी विट जलाईएका छन,प्रेसका सवारी र कार्यालय जलाईएका छन,सरकारी तथा ग़ैर सरकारी संघ संस्थाका कार्यालय जलाईएका छन,निजी तथा सरकारी सवारी साधन जलाईएका छन,छोटो तथा लामो दुरीका सवारी साधनमा चलाउन प्रतिवन्ध गरीदा स्वदेश तथा विदेशमा काम गर्न जाने र काम गरेर फर्किएका लाखौ मज़दूरको यात्रा अनिश्चित वनाईएको मात्र हैन कयौको जागीर समेत गएको छ ।
आख़िर राष्ट्रीय मुद्दाको लागी काठमाण्डू र सिंह दरवार केन्द्रीय वन्द हड़ताल गरिनुको सट्टा भोट दिएर केन्द्रमा पठाए पनी सभासद देखी भरौटे नेता समेत आम सर्वसाधारण जनतालाई सास्ती दिनमै व्यास्त हुनुको सार्थकता देखीदैन । तसर्थ राष्ट्रमा हड़ताल र बन्द कुनैपनी समस्याको निकास होईन भन्ने सवैलाई थाहा हुदा हुदै पनी यसरी नेपालमा हुने गरेका यस्ता क्रियाकलाप स्थानिय स्तरवाट सदैकोलागी वन्देज गरिनु आवस्यक मात्र हैन अपरिहार्य छ ।
नेपालमा पटक पटक बन्द हड़ताल गर्दा नेपाली राजनितीमा क्रियाशील कार्यकर्ता समेत संतुष्ट रहेको पाईन छोडेको छ । आख़िर दश वर्षें सशस्त्र माओवादी जनयुद्धको अन्तिम निष्कर्ष सेना समायोजन अनि राजनीतिक संवाद र वहसवाट नै राजनीतिक मुल धारमा आएको छर्लंग छ ।
धम्कि, आम हड़ताल वन्द सिमित समयको आवेग मात्र हो तसर्थ यो समयमा आन्दोलनमा होमिने वातावरण वनाउनको लागी मधेशी युवालाई पचासलाख दिने मधेशी नेताको अभिव्यक्ति राष्ट्रीयता र सार्वभौमसत्ता विरोधी भएको हुदा यस्ता खाले नेता र नेतृत्वकर्ताले समयमै आफ्नो नियत परिवर्तन गर्न नसक्ने हो भने मुलुक गंभीर दुर्घटनामा फस्ने निश्चित छ । अवको दिनमा नेपालमा शान्ति र सुरक्षालाई स्थायीत्व क़ायम गर्न हरेक राष्ट्रप्रेमी नेपाली जनताले संयमित र धैर्यतापूर्वक राष्ट्रीय क़ानूनको मुल धारमा टेकी कुनै दल र संघ संस्था वाँ व्याक्तीको निजी स्वार्थ पुरा गराउनको लागी आर्थिक प्रलोभनमा परि आफ्नो ज्यानको जोखिम मोली सरकार र सुरक्षाले निर्दिष्ट गरेको निषेधाज्ञा,कर्फ्यु तोड्दै कुनै वन्द हड़तालमा होमीने वानीको परित्याग गर्न अपरिहार्य देखिन्छ ।
कैलालीको टिकापुरमा निषेधाज्ञा तोडेर सुरक्षा कर्मीमाथी ज़्यादती भएकै हो । आपत विपतमा आफ्नो ज्यानको वाँजी लगाएर नेता र जनतालाई वचाउन प्रतिवद्ध नेपाल प्रहरीलाई टिकापुरमा जसरी हत्या गरियो त्यो पक्कै पनी जनताले गरेका नभएर राष्ट्रीयता विरोधी विदेशी दलालको योजनामा भएको हो किनकी नेपाली जनताले जहिले पनी नेपाल प्रहरीको सम्मान नै गर्छ । यदी हामी सच्चा नेपाली नागरिक हौ र राष्ट्रीय भलो चाहान्छौ भने नेतृत्वकर्तालाई संवाद र छलफलपछी निष्कर्षमा जान प्रोत्साहन गर्नु पर्छ अनि बन्द हड़तालमा कहिले समावेश हुनु हुदैन । नेपाली जनताले स्पष्ट रुपमा स्मरण गर्न जरुरी छ कि २०७२ वैशाख १२ को महाभुकम्मको संकटमा नेपाल प्रहरी र सेनाले कसरी जनधनको सुरक्षामा लाग्यो र नेपाल सरकारका मन्त्री अनि सभासद अनि नेताको के भूमिका रहेको थियो आख़िर जनताको लागी आएको त्रिपाल कुम्लाउने को थियो तसर्थ नेपाली जनताकोलागी मरिमेटी लाग्ने सुरक्षा कर्मी र निःशुल्क रुपमा रातदिन नभनी सरकार र संविधानले समेत हेपेको पत्रकारलाई कस्तो व्यावहार गर्नेवारे सचेत नेपालीले आत्मसात गरी अगाडीको योजना तय गर्न जरुरी छ । नेपालमा रहेका राजनितीज्ञहरुले नेपाल वन्द र आम हड़तालको असर र नेपाली जनताको पीड़ाको वारेमा पुनर्विचार गरी वैकल्पिक पाटो अवलम्वन गर्न जरुरी देखिन्छ भने आम जनताले समेत वन्द हड़तालको अवज्ञा गर्ने दृढ़ निकासको लागी संवाद र छलफल नै हो भन्नेवारे नेतृत्वकर्तालाई चेतना दिने संकल्प गर्न सकेमा मात्र नेपाललाई बन्द हड़ताल मुक्त राष्ट्र वनाउने वातावरण वन्ने निश्चित छ ।
( लेखक : नेपाली समाज र राष्ट्रीयताको सवालमा पृथक विचारधाराको परिचय अर्घाखाँची डटकम् क्राईम रिपोर्टर पिएसएम व्युरो डिआरजी सुमन हो । )