अर्घाखाँचीको नुवाकोट चिउरामाटीमा बाघको आक्रमणमा परी एक बालिका घाईते

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम)। अर्घाखाँची जिल्लाको नुवाकोट गाविस वार्ड  नं. ४ स्थित चिउरामाटीमा बुधवार बिहान बाघको आक्रमणमा परी एक बालिका घाईते भएकी छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । 



बाघको आक्रमणबाट स्थानिय नारायण गैरेकी ५ वर्षिया छोरी अन्जु गैरे घाईते भएकी हुन । 



बालिकालाई बिहान करिव साँढे ६ बजे घरको आगन छेउमा बसिरहेको अवस्थामा एकास्सी बाघले आक्रमण गरेको हो । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसक्दा भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज लगिएको छ ।


ढिकुरा गाबिसको सुर्सिङ र पियाले लगायत

 

यसअघि गत महिना श्रावण २६ गते सोही चिउरामाटी गाउँमा बाघको आक्रमणमा परी एक बालिका घाईते भएकी थिईन । बाघको आक्रमणमा परी ११ बर्षिया अस्मिता गैरे घाईते भएकी थिईन । उनलाई पनि घरको आगनमा खेलिरहेको अवस्थामा बाघले आक्रमण गरेको थियो ।


यसैगरी गत वर्ष नुवाकोट गाविसको वार्ड  नं. ४ सुरसिंगमा दुर्गा बहादुर नेपालीको छोरा ३ बर्षिय नारायण नेपाली पिताम्बर नेपालीको छोरा ६ बर्षिय उमेश नेपालीलाइ बाघले खाएको थियो । 



अर्घाखाँचीमा अहिले पनि बाघले आंतक मञ्चाउन क्रममा नरोकीएपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।

 

अन्य समाचारहरु