– प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । तपाई पहिलो पटक अर्घाखाँचीको सन्धिखर्क आउदै हुनुहन्छ रु सन्धिखर्क आए पछि आफ्नो काम परेको कार्यालय कुन हो रु कहाँ छ होला देखेको छैन रु कस्लाई सोध्ने भनेर चिन्तामा पर्नु भएको त छैन ।
अब यो समस्या मनामा छ भने तपाइले यो कुराको चिन्ता लिनै पर्दैन किनकी सदरमुकाम सन्धिखर्कको कार्यलय परिसर भित्र छिर्नु अघि टुडीखेलको मुनी बाटोमा ठुलो होर्डिङ बोर्ड राखिएको छ । तपाई त्यो होर्डींगबोड पढेर र हेरेर जुन कार्यालय पनि सहजै पत्ता लगाउन सक्नु हुने छ ।
जिल्लाका ग्रामीण क्षेत्रबाट आउने ब्यक्ति र पहिलो पटक बाहिरी जिल्लाबाट आएका मानीसहरुलाई सरकारी कार्यलय पत्ता लगाउनका लागि अफ्ठेरो हुने र अरुलाई सोध्नुपर्ने समस्याबाट मुक्ति दिलाउन नेपाल निजामी कर्मचारी युनियन अर्घाखाँचीले होर्डिङ बोर्ड राखेको हो ।
सामान्य लेखपढ गरेको मानीसले पनि कार्यलय यस ठाउमा रहेछ भनेर पत्ता लगाउन र कार्यलयमा पुगेर काम सम्पन्न गर्न सहजता होस भन्ने उदेश्यकासाथ सरकारी कार्यलयहरुको नक्सा सहितको होर्डिङ बोर्ड राखिएको नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष प्रकास भटराईले बताए ।
यो होर्डिङ बोर्ड राख्नु अघि पनि कर्मचारी युनीयनले ट्राफीक नियम र ब्यबस्थापन झल्काउने खालका होर्डिङ बोर्डहरु शान्ती बगैचामा राखेको थियो । जनतालाई सुसुचित गराउने उदेश्यकासाथ कर्मचारी युनियनले काम गरिरहेको छ ।
सन्धिखर्कको टुडीखेल मुनी नेपाल निजामती कर्मचारी युनीयनले राखेको बोर्ड र बोर्ड राखेपछि तस्बीरमा कैद गर्दै कर्मचारी युनीयनका पदाधीकारी तथा सदस्यहरु ।
पहिलो पटक सदरमुकाम आउने सेबाग्राहीलाई कार्यलय भेटाउन समस्या परेको कारण सरकारी कार्यलय भेटाउन समस्या नपरोस र जो कसैले सजिलै गरिै कार्यलय पत्ता लगाउन सकोस भन्ने उदेश्यकासाथ होर्डिङ बोर्ड राखिएको नेपाल निजामती कर्मचारी युनीयनका जिल्ला सचिब शेसकान्त घिमिरेले बताए ।
सदरमुकाम सन्धिखर्कको शान्तीबगैचामाट कार्यलय तर्फ जाने बाटोको उकालोबाटो सकिएपछि उद्योग बाणिज्य संघको भबन नजिकै यो होर्डिङ बोर्ड राखिएको छ । आफ्ना पेसागत हकहित र अधिकारका कुरामात्र कर्मचारीहरुले गर्दैनन सेबाग्राहीलाई छिटो र छरितो सेवाप्रबाह गर्ने काममा पनि निरन्तर लागि रहेका हुन्छन भन्ने उदाहरण नेपाल निजामती कर्मचारी युनीयन अर्घाखाँचीले प्रस्तुत गरेको कर्मचारी युयिनका जिल्ला कोषाध्यक्ष कृष्ण बर्माले बताए ।
जिल्लामा रहेका कर्मचारीका बिभिन्न संघ सस्था र युनीयन मध्ये कर्मचारी युनीयनले गरेको सन्देसमुलक र जानकारीमुलक काम प्रती सन्धिखर्कका स्थानीयबासिन्दाहरुले पनि खुलेरै प्रशंसा गरेका छन ।
सर्बसबाधरण नागरिक र सेबाग्राहीलाई प्रत्यक्ष फाईदा पुग्ने खालका यस्ता कार्यक्रमहरु जिल्लामा रहेका कर्मचारीका संघ सस्था र युनीयनहरुले पनि गर्न सके जिल्लाबासी अझ बढि लाभान्वीत हुने थिए ।