अमेरिकामा हिंसात्मक गतिविधिमा ७० % ले वृद्धि

अमेरिकामा अघिल्ला वर्षका तुलनामा सन् २०१५ मा मृत्यु दर बढेको छ ।
एक प्रतिवेदनका अनुसार ३० वटामा शहरमा हिंसात्मक गतिविधिमा ७० प्रतिशतसम्मले वृद्धि भएको छ ।
मृत्युको कारण भने शहर अनुसार भिन्दाभिन्दै रहेको विज्ञहरुले जनाएका छन् ।
मिल्वाउकी शहरमा सबैभन्दा बढी ७६ प्रतिशतले हिंसामा बढोत्तरी भएको छ । यसैगरी सेन्ट लुइस, मिसौरी जस्ता शहरमा यो दर ६० प्रतिशतमा छ भने बाल्टिमोर र मेरील्याण्डमा भने ५६ प्रतिशतको हाराहारीमा रहेको छ ।
यसरी हिंसा भड्कनुको कारण साना हतियारको बिगबिगी, युवाहरुबीचको ग्याङ भीडन्त, प्रहरीको सुरक्षा कारवाहीले निम्त्याएको प्रतिशोधलाई मानिएको छ ।
गत वर्ष मिसौरीको फर्गुसनमा प्रहरीको अत्यधिक बल प्रयोगमा एक काला युवक मारिएपछि त्यसले निम्त्याएको असन्तोषलाई कारक मान्नेहरु पनि छन् भने अर्कातर्फ सेन्ट लुइस, बाल्टिमोर जस्ता शहरमा देखिएको नश्लीय तनावलाई कारक मान्नेहरु पनि छन् । (एजेन्सी)