भारतमा बुधबार विभिन्न ट्रेड युनियनको अगुवाईमा राष्ट्रव्यापी हड्ताल आह्वान गरिएको छ ।
आम हड्तालका कारण बैंक, बीमा कम्पनीका कार्यालय, यातायात, कलकारखाना प्रभावित भएका छन् । न्यूनतम पारिश्रमिकमा बृद्धि, निजीकरण, ठेकेदारीकरण र रिक्त पदमा नियुक्ति लगायतमा माग अघि सार्दै विभिन्न १० वटा केन्द्रीय ट्रेड युनियनको अगुवाईमा आमहड्ताल आह्वान गरिएको हो ।
सत्तारुढ भारतीय जनता पार्टी समर्थित मजदुर संघ र नेशनल फ्रन्ट अफ इन्डियन ट्रेड युनियनले भने आमहड्तालमा सामेल नहुने निर्णय गरेको छ ।
पश्चिम बंगाल, केरल, त्रिपुरा, आन्ध्र प्रदेश, तेलंगाना, तमिलनाडुलगायतका राज्यमा आमहड्तालको प्रभाव बढी देखिएको छ ।
हड्तालमा उत्रिएका ट्रेड युनियनहरुले श्रम कानुनमा प्रस्तावित श्रमिक विरोधी संशोधन फिर्ता लिनसमेत माग गरेका छन् । (एजेन्सी)