बाबु रोका मगर
न्यु दिल्ली । अर्घाखाँची जिल्ला नुवाकोट गाबिस वडा नम्बर-१ बरबास निवासी लील बहादुर नेपाली को छोरा बर्ष २३ का सुर्य बहादुर नेपाली बिगत दुई बर्ष देखी शरीर को दुई वटै मृगौला खराब भए पछि उपचारको क्रममा दिल्ली आएका पिडित सुर्यको दिल्ली स्थित आफ्नै कोठामा बुधबार दिउसो मृत्यु भएको छ। उपचार को लागि खर्च सात देखी दश लाख सम्म आउने भएको हुनाले र आफु संग त्यतिका धेरै पैसा नभएको कारण उपचार पाउन नसकेपछि उनको मृत्यु भएको हो।
पीडित उपचारको लागि भारतको दिल्ली साहद्रा स्थित आनन्दपुर अस्पताल मा हप्तामा दुई पटक डाइलेसिस गर्दै तिन बर्ष बिताइसकेका थिए । पीडित को लागि एउटा मृगौला आफ्नी श्रीमतीले दिने पक्का भएको थियो तर पनि उपचार को लागि रकम जुटाउन नसक्दा र कही कतै बाट सहयोगको बातावरण नभएको हुनाले उनका परिवारले अर्घाखाँची निवासी समाजसेवी सुनिल थापा मगर र हरि आले मगर लाइ आग्रह गरे पछि उनीहरु द्दारा दिल्ली मा भएका विभिन्न संघ,संस्था र राजनितिक पार्टीहरुका ब्याक्तिहरु संग केहि रकम जुटाई मृतक सुर्यको उपचार को पर्खाइमा रहेको तर त्यो काम पुरा गर्न नपाउदा आफुहरु अत्यन्तै दुखि अनि मर्माहित भएको बताएका छन् ।
मृतक सुर्यको घरमा श्रीमती र तिन बर्ष कि सानी छोरी छिन। सुर्यको मृत्यु पछि उनका परिवार अचेत अबस्थामा छन्| गत पुष महिना देखि मृतक सुर्यको समस्या वारे अर्घाखाँची डट कम दिल्लीमा प्रकाशन हुने नेपाल आवाज लगायत अन्य समाचार बुलेटिन मा समाचार प्रकाशित गरि सकेपछि सहयोगको लागि रकम जुटाउन लागेको समाजसेवी सुनिल थापा मगर र हरि आले मगर ले मिडियालाई जानकारी गराउदै अब ति सानी छोरीको उज्जवल भविष्यको लागि भएपनि सबै संघ संस्थाका समाजसेबी ब्याक्ति बिशेषहरु संग यसै समाचार मार्फत सहयोग को लागि आग्रह गरेका छन् ।
सहयोगको लागि संपर्क
नारायण नेपाली +977- 9867005379
गोबिन्द नेपाली +91- 9958139815
सुनिल थापा मगर +91 – 9899563133
हरि आले मगर +91 – 9811860135
Bank Details :
1. Bank Name : Rashtriya Vanijya Bank.
Account Holder’s Name : Aama Patali Nepali.
Branch : Arghakhanchi.Lumbini (Nepal)
Account Number : 305002424510
2. Bank Name : Union Bank of India.
Account Holder’s Name : Sunil Kumar
Account Number : 419002010570515
Branch : Model Town, Delhi. (INDIA)