मेरो देश “भाग एक”

डिआरजी सुमन 
आन्दोलन र बन्द हड़तालले देश रोएको छ ।
जनता आफ्नो अनुहार रगतले धोएको छ ।।
चलेका छैनन् मोटरगाडी वाटो छ सुनसान ।
आन्दोलनकारीकै वर्चस्व सर्वत्र रमज़ाम ।।
आज सरकारी भवन जल्दैछन मोटरगाडी ।
यातायात चलाईन्छ स्कटिंग पछी अगाडी ।।
अनेकानेक माँग छन सरकारसँगै यीनका ।
बन्द हड़ताल गरी सताएका छन जनता ।।
जनताको के दोष छ र दिनलाई सास्ती ।
जनता पुलिस मारी आज नेताकै मस्ती ।।
भो संघीयता चाहिदैन जनता मार्न छोड़ ।
नेता जनता मिलाउने त्यो मार्ग तीर मोड़ ।।
सानोसानो मेरो देश नेपाल गरिवी छ मार ।
थाम्नै मुस्किल छ यहा संघीयताको भार ।।
एकीकरण भएको देश राख्नु पर्छ अखण्ड ।
राष्ट्रीयता नै धरापमा पारी नगर यो उदण्ड ।।
तपाई राम्रो म राम्रो छैन कोही पनी नराम्रो ।
सुन्दरशान्त देश वनाउने ज़िम्मा नै हो हाम्रो ।।
पाँच राज्य वनेकै छ हिमाल,पहाड र तराई ।
मगर,बाहुन,लिवु थारु कोही हैन पराई ।।
छाडौ अव वन्द हड़ताल वनाउ संविधान ।
नलिईकन कोही नेपालीको ज्युँ ज्यान ।।
तिमीमिल हामी मिल्छौ देखाई मानवता ।
त्यागौ है अति भयो ज्यान लिने दानवता ।।
                   ।।समाप्त।।