विश्वमा रुखको संख्या ३० खर्बमाथि रहेको नयाँ आँकडा

विश्वमा रुखको संख्या ३० खर्बमाथि रहेको नयाँ आँकडा प्रकाशमा आएको छ ।
अघिल्लोपटकको सबैभन्दा यथार्थ नजिक दाबी गरिएको संख्याभन्दा यो ८ गुणा बढी हो ।
बेलायतको यल विश्वविद्यालयका थोमस क्राउथरको नेतृत्वमा सेटेलाइट तस्वीरका आधारमा बृहत स्थल सर्भे डाटाको अध्ययन गरी रुखको संख्या निकालिएको हो । उनीहरुले विश्वका ४ लाख जंगलका आधारमा रुखको घनत्व संकलन गरेका थिए ।
रुखको कुल संख्याले विश्वका प्रत्येक व्यक्तिको भागमा ४ सय २० ओटा रुखपर्ने देखाउँछ । (एजेन्सी)