भ्रष्टाचारको अभियोगमा ग्वाटेमालाका निवर्तमान राष्ट्रपतिलाई जेल चलान गरिएको छ ।
ग्वाटेमालाको एक अदालतले निवर्तमान राष्ट्रपति ओतो पेरेज मोलिनालाई करोडौं डलर भ्रष्टाचार गरेको अभियोगमा जेल चलान गर्न आदेश दिएको हो । न्यायाशीश मिग्युएल गाल्भेजको आदेशलगत्तै मोलिनालाई सैन्य ब्यारेकमा लागिएको छ ।
यद्यपी मोलिनाले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएका छन् ।
ग्वाटेमालामा पछिल्लो समय भ्रष्टाचार मौलाउँदै गएपछि ब्यापक छानविन हुन थालेको छ । भ्रष्टाचारको आरोप लागेपछि मोलिनाले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसपछि उपराष्ट्रपति एलेजान्द्रो मोल्दोनादो कार्यवाहक राष्ट्रपति बनेका छन् ।
राष्ट्रपति पदका लागि आगामी आईतबार निर्वाचन हुँदैछ । एजेन्सी