अर्घाखाँची सम्बाद्दाता
सन्धिखर्क, अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनीयन दिबस नेपाल निजामती कर्मचारी युनियन (संघ) को आयोजनामा अर्घाखाँचीमा एक भब्य र सभ्य कार्यक्रमका बिच मनाइएको छ ।
कार्यक्रममा कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापती कमल प्रसाद भुसाल, सचिब लोकेन्द्र बिक, जिल्ला सदस्य तथा महाधीबेसन प्रतिनिधि बिष्णु प्रसाद खनाल, मुस्कान, जिल्ला सदस्य कृष्ण प्रसाद खनाल, शिक्षक संघका जिल्ला अध्यक्ष यादब घिमिरे, महिला संघकी अध्यक्ष शान्ता भण्डारी, आयुर्बेद कार्यलयका प्रमुख पुष्पराज पौडेल, गाविस सचिब हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष रुकेन्द्र पालुंगे, नेबीसंघका जिल्ला उपाध्यक्ष नेत्र प्रसाद मरासिनी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन (संघ) का जिल्ला अध्यक्ष प्रकास भटराइको अध्यक्षता, सचिब शेसकान्त घिमिरेको सञ्चालन र केन्द्रिय प्रतिनिधि नारायण पोख्रेलका स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । युनीयनले यस अघि पनि बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
तीन पत्रकार पुरस्कृत , ५ पत्रकार सम्मानीत
अर्घाखाँचीमा रहि पत्रकारीताको क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारहरुलाई नेपाल निजामती कर्मचारी युनियन (संघ)ले पुरस्कृत तथा सम्मानीत गरेको छ ।
वतावरणको क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार प्रेमनारायण आचार्यलाई नेपाल निजामती कर्मचारी युनियन (संघ) ले स्थापना गरेको युनीयन वातावरण उत्कृष्ट पत्रकारीता पुरस्कार प्रदान गरेको छ ।
समग्र क्षेत्रमा कलम चलाएको भन्दै स्वर्गिय भक्तिराम घिमिरे स्मृति पत्रकारीता पुरस्कार पत्रकार सुर्यप्रसाद भुसाल र बिकास पत्रकारीतामा कलम चलाएको भन्दै युनियन उत्कृष्ट बिकास पत्रकारीता पुरस्कार पत्रकार बिरेन्द्र केसीलाई प्रदान गरेको छ ।
तीनै जना पत्रकारलाई नगद, प्रशंसा पत्र, अबीर र खादा ओढाएर नेपाली काग्रेसका जिल्ला सभापती कमल प्रसाद भुसाल, सचिब लोकेन्द्र बिक , महाधीबेसन प्रतिनिधि बिष्णु मुस्कान, र कर्मचारी युनीयनका जिल्ला अध्यक्ष प्रकास भट्टराई र समाजसेबी उमेश घिमिरेले , पुरस्कृत गर्नु भएको थियो ।
जिल्लामा समग्र क्षेत्रमा पत्रकारीतामा उल्लेखनीय भुमिका खेलेको भन्दै पत्रकार गणेश खनाल , रुद्रमणी भुसाल, नबिन केसी, हरिप्रसाद नेपाली र बिनोद गैरेलाई सम्मान पत्र, खादा र टिका अबीरले सम्मान गरेको छ ।
सम्मानीत हुने पत्रकारहरुलाई नेपाली काग्रेसका जिल्ला सभापती कमल प्रसाद भुसाल, सचिब लोकेन्द्र बिक , महाधीबेसन प्रतिनिधि बिष्णु मुस्कान, र कर्मचारी युनीयनका जिल्ला अध्यक्ष प्रकास भट्टराई र समाजसेबी उमेश घिमिरेले प्रशंसा पत्र, खादा र अबीर लगाएर सम्मानीत गर्नु भएको थियो ।
कर्मचारी सम्मानीत
नेपाल निजामती कर्मचारी युनीयन दिबसको अबसरमा जिल्लामा निजामती सेवामा उल्लेख्यनीय योगदान गर्ने कर्मचारीहरुलाई सम्मानीत गरेको छ ।
सेवा प्रबाहमा उल्लेखनीय योगदान गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य अधिकृत लिलाराम गौतम, कर्मचारीहरु शालीकराम खनाल, बुद्धिराम गैरे, भीमबहादुर कुमाल, शिब प्रसाद भुसाल, दुर्गा प्रसाद भुसाल, गोबिन्द पौडेल र गुणबहादुर घर्तीलाई सम्मानीत गरेको युनीयन संघका जिल्ला कोषाध्यक्ष कृष्ण बर्माले बताए ।
एसएलसीमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा सम्मानीत
अर्घाखाँचीमा रहेका सामुदायीक बिद्यालयहरु मध्ये एस एल सी परीक्षामा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रा सम्मानीत भएका छन ।
गएको एसएलसी परीक्षामा सामुदायीक बिद्यालयहरु मभ्ये सबै भन्दा बढि अंक ल्याउने छात्र उत्तम गैरे र छात्रा सुस्मा केसीलाई आफ्नो स्थापना दिबसको अबसरमा सम्मानीत गरेको छ ।