अमेरिकाको बेरोजगारी दरमा निकै कमी

अमेरिकाको बेरोजगारी दरमा यो महिना निकै कमी आएको छ ।
अमेरिकी श्रम मन्त्रालयले जनाएअनुसार यो महिना अमेरिकामा १ लाख ७३ हजार बेराजगारलाई रोजगारी दिइएको छ । अमेरिकाको बेरोजगारी दर जुलाईमा ५ दशमलव ३ प्रतिशत थियो भने अगष्ट महिनामा ५ दशमलव १ प्रतिशत पुगेको छ ।
सन् २००८ को अप्रिलपछि बेरोजगारी दरमा निकै कमी आएको छ । अमेरिकी नीतिअनुसार नै अमेरिकामा बेरोजगारी उन्मुलन हुने अमेरिकी अधिकारीहरुको भनाइ छ ।
यता, अमेरिकी शेयर बजारमा पनि कमी आएको छ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्व बैंकको आगामी १६ र १७ सेप्टेम्बरमा हुने बैठकमा बैंकको दरमा निकै परिवर्तन हुने अनुमान गरिएको छ । (एजेन्सी)