सिरियाका शरणार्थी अब्दुल्लाह कुर्दीद्धारा शरण दिने क्यानडाको प्रस्ताव अस्वीकार, श्रीमती र दुई छोराको शव गाडेको आफ्नो देश सिरियामा नै बस्ने निर्णय

सिरियाका शरणार्थी अब्दुल्लाह कुर्दीले शरण दिने क्यानडाको प्रस्ताव अस्वीकार गरेका छन् ।



टर्कीको तटमा डुंगा दुर्घटनामा आफ्ना श्रीमती र दुई छोरा गुमाएका कुर्दीलाई क्यानडाले आफ्नो देशमा शरण दिने घोषणा गरेको थियो ।


यद्यपि, अब्दुल्लाहले भने आफू आफ्ना परिवारको शव गाडेको आफ्नो देश सिरियामा नै बस्ने निर्णय गरेका छन् ।



सिरियाबाट ग्रीस प्रवेशका लागि हिँडेका अब्दुलाहको परिवार डुंगा दुर्घटनामा परेपछि मर्माहत बनेका उनी अहिले अलपत्र अवस्थामा छन् ।



अब्दुल्लाहले आफ्नो देशको हालतका कारण शरणार्थीको रुपमा पलायन हुनुपरेको भन्दै आफू सिरियाली नागरिक भएकोमा धिक्कारेका छन् ।


देशमा शान्ति कायम होस् भन्दै उनले आफ्ना परिवारले जस्तै अरुले पनि अनाहकमा ज्यान गुमाउन नपरोस् भनी सिरिया सरकारको ध्यानाकर्षण गराएका छन् । (एजेन्सी)

 


Photo: DHA