सम्पादक वीरेन्द्र केसीलाई उत्कृष्ट विकास पत्रकारिता पुरस्कार प्रदान गरिदै ।
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची डट्कमका सम्पादक वीरेन्द्र केसीलाई उत्कृष्ट विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नेपाल निजामती कर्मचारी यूनियन (संघ )ले स्थापना दिवसको अवसरमा केसी पुरस्कृत भएका हुन । विगत एक दशक देखि जिल्लामा रहेर विकास गतिविधिमा उत्कृष्ट समाचार लेखेको भन्दै पुरस्कृत गरिएको यूनियनले जनाएको छ । पहिलो पटक स्थापना गरेको पुरस्कार सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरि प्रदान गरिएको हो ।
गाउँका कुनाकाप्चाका विकास सम्बन्धी खोजमुलक समाचारमा उत्कृष्ट कलम चलाएको भन्दै युनियनले उच्च मुल्याकंन गरी नगद पुरस्कार, खादा र प्रमाणपत्रले सम्मान गरिएको अध्यक्ष प्रकाश भटराईले बताए । यसैबीच वातावरण पत्रकारित पुरस्कार अन्नपुर्णका प्रेमनारायण आचार्य र व्यापारी उमेश घिमिरेले आफनो स्वर्गीय वुवा भक्तिराम घिमिरेको नाममा स्थापना गरेको भक्तिराम घिमिरे स्मृती पत्रकारिता पुरस्कारबाट प्रेस यूनियनका अध्यक्ष सुर्यप्रसाद भुसाल पुरस्कृत भएका छन ।
प्रेमनारायण आचार्यलाई वातावरण पत्रकारित पुरस्कार प्रदान गरिदै ।
यूनियनले जिल्लामा पत्रकारितामा राम्रो कमल चलाएको भन्दै क्रान्तिकारी पत्रकार संघका अध्यक्ष एव गोखरापत्रका संवाददाता गणेश खनाल, कान्तिपुर टिभिका रुन्द्रमणि भुसाल, अर्घाखाची एफएमका विनोद गैरे, नयाँ एफएमका हरिप्रसाद भुसाल र सुर्यादय एफएमका नविन केसीलाई सम्मान पत्रले सम्मानित गरेको छ । यसैबीच निजामती सेवामा उल्लेखनीय योगदान पु-याएको भन्दै जनस्वास्थ्य अधिकृत लिलाराम गौतम, कर्मचारीहरु शालिकराम खनाल, बुद्धिराम गैरे, भीमबहादुर कुमाल, शिवप्रसाद भुसाल, दुर्गाप्रसाद भुसाल, गोविन्द पौडेल र गुनबहादुर घर्ती सम्मानि भएका छन ।
यूनियनका अध्यक्ष सुर्यप्रसाद भुसाल ।
एसएलसीमा उत्कृष्ट अंक ल्याउने उत्तम गैरे र शुस्मा केसीलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कार कार्यक्रमका प्रमुख अथिति काग्रेस जिल्ला सभापति कमल प्रसाद भुसाल, विशेष अतिथि नेता विष्णु मुस्कान, जिल्ला सचिव लोकेन्द्र विक, सदस्य कृष्ण खनाल, युनियनका अध्यक्ष प्रकाश भटराईले प्रदान गरेका थिए । कार्यक्रममा सभापति भुसाल, मुस्कान, विक, खनाल, महिना संघकी सभापति शान्ता भण्डारी, शिक्षक संघका यादव प्रसाद घिमिरे, आयुर्वेदिक कार्यालय प्रमुख डा.पुष्पराज पौडेल, गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष रुकेन्द्र पालुङगे, नेविसंघका उपाध्यक्ष नेत्रप्रसाद मरासीनी, पत्रकार महासंघका कोषाध्यक्ष गणेश खनालल लगायतले यूनियनले गरेको विभिन्न गतिविधिको प्रशासा गर्दै जनतालको सेवामा राष्ट सेवक कर्मचारीले जिल्लामा राम्रो भुमिकाकोमा प्रशांसा गरेका थिए । उनीहरुले जनताको कमलाई छिटोछरितो गर्न लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रम युनियनका जिल्ला अध्यक्ष प्रकाश भटराईको अध्यक्षता, केन्द्रिय प्रतिनिधि नारायण पोखरेलको स्वागत र सचिव शेषकान्त घिमिरे ओशनको सञ्चालनमा सम्पन्न भएको थियो ।