सिरियाको मारिया शहरमा विद्रोही लडाकु र आइएसबीचको संघर्षमा ४७ जना मारिए

सिरियाको मारिया शहरमा विद्रोही लडाकु र इस्लामिक अतिवादी समूह आइएसबीचको संघर्षमा ४७ जना मारिएका छन् ।
बेलायतको सिरिया अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा आइएसका २७ लडाकु छन् ।
रणनीतिक हिसाबले महत्वपूर्ण मानिने मारिया शहरलाई टर्की र अमेरिकीले आइएस मुक्त सुरक्षित क्षेत्र बनाउन खोजिरहेका छन् ।
गत महिना मारिया शहरमा आइएसले रसायनिक हतियार प्रयोग गरेको आरोप लगाइएको थियो ।
यसैबीच सिरियामा रसियाले आफ्नो सेनाको संख्या बढाउने घोषणाले त्यहांको स्थिति थप प्रतिकुल हुने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । (एजेन्सी)