सन्धिखर्कमा भव्य रथयात्रा

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची । कृष्ण जन्मअष्टमीको अवसरमा सन्धिखर्कमा विशाल रथ यात्रा र रोपाई जात्रा गरियो । अर्घाखाँची यूवा परिषद र सन्धिखर्कको १०८ पाञ्चायङ मन्दिर व्यवस्थापन समितिले संयुक्त रुपमा बजारमा आईतवार भव्य रथ यात्रा र रोपाईजात्रा निकालेको हो । परिषदले चुत्रावेशीको सिद्धेश्वर शिवालय मन्दिर र समितिले शान्ति वगैचाको मन्दिरबाट निकालेका थिए ।

 



 

परिषदले निकालेको जात्रा वगैचामा मिसिएर संयुक्त रुपमा सन्धिखर्क चुत्रावेशी बजार परक्रमा गरेका थिए । साथमा चन्दनाथ गणका सेनाले लाखे, नाच सहित विभिन्न प्रदशन गरेको थियो । हेर्नको भीडभाड थियो । 

 



 

बालवालिकालाई कृष्ण, राधा र बलारामको पहिरहनमा सजाएर बाजागाजा सहित विभिन्न झाकी समेत  प्रर्दशन गरिएको परिषदका अध्यक्ष कृष्णप्रसाद भूसालले बताए । बजारवासीले निकालेको जात्रामा सयौ सहभागी थिए । गाउँबाट समेत हेर्न आएका थिए । दिनभर भव्य रमाईलो भयो । द्धापर युगमा कंशको अत्याचारबाट मुक्त गर्न भगवान विष्णुले आठौ अवतारका रुपमा भदौ कृष्ण अष्टमीको राती जन्म लिई कंशलाई मारेर समाजमा शान्ति, सुव्यवस्था कायम गरेको किम्मदन्ती छ । परम्परा देखी आएको धार्मिक परम्परा र सस्कृतीको जगेर्ने गर्न जात्रा गरिएको सिद्धेश्वर मन्दिरका अध्यक्ष नारायण खनालले बताए । धर्मले मनमा शान्ति र सदभाव मिल्ने भएकाले हिन्दुधर्मलाई जोगाईराख्नु पर्ने उनले बताए ।

 



 

श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबुवा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागार मुक्त गरिदिएका थिए । महाभारत युद्धका क्रममा श्रीकृष्णले अजुनलाई दिएको उपदेश नै श्रीमद् भागववत गीता हो । यसै कारण गितालाई हिन्दुको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखी नै विचित्रलिला देखाउदै आएका कृष्णले गोपिनी र राधासग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सवका रुपमा मनाईन्छ ।

 



 

शनिवार दिनभर धार्मिक प्रवचन, पूजापाठ र रथयात्रा गर्ने चलन र राती सम्म महिलाहरु एपवास बस्ने चलन रहेको मन्दिर व्यवस्थापन समितिका यमराज पाण्डेले बताए । वर्षौ देखि रमाईलो पूर्वक रथ यात्रा र रोपाई जात्रा गरिदै आएको उनले बताए । 

अन्य समाचारहरु