अर्घाखाँचीमा सातौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश मनाईयो

अर्घा-फलेपत, अर्घाखाँची (अर्घाखाँची डट्कम) । दिनप्रतिदिन घट्दै गईरहेका लोपोन्मुख गिद्धको संरक्षण सचेतना अभिवृद्धि गर्ने उद्देष्यले विश्वभरी नै मनाईएको सातौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस अर्घाखाँचीमा पनि भव्यताका साथ मनाईएको छ । 
 


 


प्रत्येक बर्ष अंगे्रजी महिना सेप्टेम्बरको पहिलो शनिबार मनाईने अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश यस वर्ष सेप्टेम्बर ५ अथार्त भदौ १९ गतेका दिन संसारभर मनाईएको छ । यस अवसरमा गिद्धको वासस्थान भएका वनहरु गर्ताखोला, खहरेखोला र गगटेदिप सामुदायिक वनको संयुक्त आयोजना र नेपाल पंक्षि संरक्षण संघको सहयोगमा अर्घा गा.वि.स ४ फलेपतमा अन्तक्रिया तथा समुदाय सचेतना कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रममा गिद्धको महत्व, घटनुको कारण, नेपालमा संरक्षणका प्रयासहरु र अर्घाखाँचीमा गिद्धको अवस्था विषयमा गिद्ध संरक्षण राष्ट्रिय संजालका केन्द्रिय सदस्य प्रकाश आचार्य र गर्ता खहरेखोला सामुदायिक वन अध्यक्ष डिल बहादुर रानाभाटले प्रवचन दिनुभएको थियो । अर्घा गा.वि.स वार्ड नं. ४ र ९ का सल्लेरी जंगलमा बिश्वबाटै लोप हुन थालेको डंगर गिद्धको बासस्थान छ । 
कार्यक्रममा खहरे खोला सामुदायिक वनका अध्यक्ष राम बहादुर रायमाझी र गगेटादीप सामुदायिक वनका संयोजक तुल्सी रायमाझिले स्थानिय स्तरमा गिद्धको बासस्थान संरक्षणमा गरेका प्रयास र आगामी भुमिका विषयमा मन्तव्य राख्नुभएको थियो । स्थानिय समाजसेवी, संरक्षणकर्मीका साथै राजनैतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र राष्ट्रिय जनमोर्चाका नेता तथा प्रतिनीधिहरु र उपस्थीत सर्वसाधरणले आगामी दिनमा सामुदायिक वनको कार्ययोजनामा नै गिद्ध संरक्षणका क्रियाकलाप समेटदै ठोस कार्ययोजना बनाई अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन । 
नेपालमा पाईने ९ प्रजातीका गिद्ध मध्ये अर्घाखाचीमा ७ प्रजातीका गिद्ध पाईन्छन । तराईको रैथाने डंगर गिद्ध र हिमाली भेगमा बस्ने हिमाली गिद्धका साथै सेतो गिद्ध र हाडफोर गिद्धको पनि बासस्थान रहेको अर्घाखाँची जिल्ला गिद्धको विविधतामा धनी र उत्कृष्ट भएको विगत सात वर्षदेखी त्यहाका गिद्धको अध्ययन गरीरहेका नेपाल पंक्षि संरक्षण संघका जिव विज्ञ कृष्ण भुसालले बताए । 
 


 


अर्घाखाँचीको उत्तरी भेगमा अवस्थीत घेरा भीर, घोर्लासी, जलकाडाका चट्टानी पहरा तथा त्यस आसपासका वनहरुमा गिद्धको बासस्थान अवस्थीत छ । 
Krishna Bhusal contributed to this report.

अन्य समाचारहरु