बेलायती ड्रोन हमलामा सिरियामा दुई बेलायती जिहादीको मृत्यु भएको छ ।
सिरियामा इस्लामिक आतंकवादी समूह आईएसमा आवद्ध ती दुई बेलायती जिहादी मारिएको बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले जानकारी दिएका छन ।
बेलायती संसद्लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री क्यामरुनले बेलायतमा आक्रमणमा योजना बनाइरहेको सुराकीको आधारमा गरिएको ड्रोन हमलामा उनीहरुको मृत्यु भएको बताए ।
बेलायती सांसदहरुको बिरोधका बाबजुद गरिएको यो हमला बेलायती जनताको सुरक्षार्थ भएको क्यामरुनको भनाई छ । बेलायतले दुई बर्षअघि नै सिरियामा बेलायती सैन्य कारबाही खारेज गरेको थियो । (एजेन्सी)