फ्रान्सले सिरियामा सक्रिय इस्लामिक आतंकवादी समूह आइएस बिरुद्ध हवाई कारबाही गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति फ्रान्स्वाँ ओलान्डले सेनालाई सिरियामा आइएसबिरुद्ध हवाई कारबाही गर्न आदेश दिएसँगै फ्रान्सले हवाई कारबाही गर्ने भएको छ ।
फ्रान्सलगाएत विश्वका अन्य राष्ट्रमा आइएसले गरिरहेको हमलाको योजना सिरियामा बन्ने गरेको स्पष्ट पार्दै राष्ट्रपति ओलान्डले सिरियामा हवाई हमला गर्न आदेश दिएको बताइएको छ ।
यसका लागि फ्रान्सेली सेनाले मंगलबार हवाई सर्वेक्षण गर्नेछ । सिरियामा जारी युद्धका कारण हालसम्म २ लाख २० हजार मानिस मारिसकेका छन् भने लाखौं लाख पलायन भइसकेका छन् ।
यसैबीच फ्रान्सले कम्तिमा पनि २४ हजार शरणार्थीलाई आफ्नो देशमा शरण दिने निर्णय गरेको छ । युरोपेली मुलकमा शरण माग्नेहरुको संख्या अत्यधिक भएसँगै फ्रान्सले आफ्नो देशमा शरण दिने निर्णय गरेको हो । (एजेन्सी)