दक्षिण र उत्तर कोरियाले कोरियाली युद्धका कारण अलग भएका दुई कोरियाका परिवारको पुनर्मिलन गर्न सहमति गरेका छन् ।
उत्तर कोरियाको पहाडि रिसोर्टमा आगामी अक्टोबर महिनामा पुनर्मिलन गरिने छ । गत महिना युद्धउन्मुख अवस्थामा रहेका दुई कोरियाबीच वार्ताबाट समस्याको समाधान गर्ने सहमति भएपछि उनीहरुले यो सहमति गरेका हुन् ।
सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दसौं हजार कोरियाली परिवार छुट्टिन बाध्य भएका थिए । करिब ६६ हजार दक्षिण कोरियाले उत्तर कोरियामा रहेका आफ्ना आफन्तसँगको भेटको प्रतिक्षामा छन् ।
सन् १९८८ मा पहिलो पटक शुरु भएको पुनर्मिलन वार्षिक रुपमा गर्ने भनिए पनि विभिन्न समयमा उत्पन्न तनाबका कारण नियमित हुन सकेको छैन । (एजेन्सी)