वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । कीर्ते नागरिकता बनाउन खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले प्युठान ओखरकोट- ३ का नारायण जिसी र अर्घाखाँची वाङलाका सलाउदीन मियालाई पक्राउ परको हो । २२ वर्षीय जिसीले सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङला घर भनि समिर मिया भन्ने नक्कली नाम राखेर जिल्ला प्रशासनबाट नागरिकता लिन खोजेका थिए ।
उनलाई सघाउन सलाउदीनले मेरो भतिज भनि खनाखत बसेर नागरिकतामा बनाईदिन खाजेका थिए । वडा कार्यालयबाट सिफारिस लिई जिल्ला प्रशासनमा पेश गरेका थिए ।
शंका लागेर छानविन गर्दा कीर्ते गर्न खोजिएको फेला परेकाले पक्राउ गरिएको प्रहरी नायव निरीक्षक धनबहादुर थापाले बताए । दुवै जनालाई अनुसन्धानका लागि थुनामा राखिएका बताए ।