अर्घाखाँचीको मैदानमा शिक्षा दिवसको अवसरमा विधागत पुरस्कार वितरण कार्यक्रम सम्पन्न

डिल्लीराज घिमिरे  



मैदान, अर्घाखाँची। अर्घाखाँची जिल्लाको मैदानमा  “दिगो विकासका लागी गुणस्तरीय शिक्षा, सवैका लागी सुरक्षित शिक्षण संस्था” मुल नारा सहित श्री कृष्ण उच्च माद्यमिक विद्यालय मैदानमा ३६ सौँ राष्ट्रीय शिक्षा दिवस एवं अन्तराष्ट्रीय साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । 

 


 

कार्यक्रममा शैक्षिक सत्र २०७१ सालको वार्षिक परिक्षामा कक्षा प्रथम द्वितीय र तृतीय हुने, वार्षिक परिक्षामा तहगत रुपमा प्रथम हुने र प्रवेशिका परिक्षामा उत्तीर्ण हुने सम्पुर्ण छात्रछात्रालाई सम्मान, शिक्षा दिवसको अवसरमा आयोजित तीज गीत प्रतियोगीतात्मक कार्यक्रममा भाग लिएर प्रथम द्वतीय र तृतीय स्थान प्राप्त गर्ने सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै गत वर्षको विभिन्न विधामा प्रदान गर्ने छात्रवृती वितरण कार्यक्रम भएको छ ।

 



 

प्राथमिक, माद्यमिक र उच्च माद्यमिक स्तरीय तीज गीत प्रतियोगीतात्मक कार्यक्रममा माद्यमिक तहको टीम प्रथम भएको थियो । यस्तै उच्च माद्यमिक र प्राथमिक स्तरीय गीत तृतीय हुन सफल भएको छ भने निम्न माद्यमिक विद्यालयको टोली द्वितीय भएको यस मूल्याँकन समितीका संयोजक अनन्त घिमिरेले परिणाम घोषणा गर्नु भएको थियो । यस पटक विद्यालयले उत्कृष्ट अनुशासन पुरस्कार यमुना सरु, प्रकास सारु, सरसफाई पुरस्कार अनीता सारु, आयुष भुसाललाई भने सवै भन्दा धेरैदिन विद्यालयमा उपस्थिती हुनेमा अनिता घिमिरेलाई पुरस्कार वितरण गरिएको छ । 



यस दिवसको अवसरमा २०७१ सालको वार्षिक परिक्षा परिणाम बमोजीम कक्षागत रुपमा कक्षा ०१ देखी कक्षा ०९ सम्ममा प्रथम द्वतीय र तृतीय, प्रवेशिका परिक्षामा उत्रिण हुन सफल सम्पुर्ण विद्यार्थी,विद्यालयको उत्कृष्ट अनुशासन, सरसराई र प्रतियोगीतात्मक कार्यक्रममा विजयी टोलीलाई विद्यालय व्यावस्थापन समिती अध्यक्ष यमलाल पौडेल र विद्यालयका प्रचार्य जीव नारायण भट्टराईले पुरस्कार तथा टिका लगाई पुरस्कृत गरेका थिए । 

 



 

कार्यक्रमको अध्यक्षता विद्यालय व्यावस्थापन समितीका अध्यक्ष यमलाल पौडेलले गरेका थिए । 



कार्यक्रममा  विद्यालयका अक्षयकोष दाता दीपक घिमिरेको प्रमुख आतिथ्यता र शिक्षाप्रेमी शिक्षक अविभावक संघ र व्यवस्थापन समितीका पदाधिकारीको आथित्यता रहेको थियो ।



त्यस्तै  कार्यक्रम विद्यालय शिक्षक राम प्रसाद घिमिरेको संचालनमा, अक्षयकोषदाता दीपक घिमिरे सहितको मन्तव्य सकिए लगत्तै विद्यालयमा यमलाल पौडेल र जीव नारायण भट्टराईले छात्रवृती वितरण गर्दै कार्यक्रम सम्पन्न भएको भएको थियो ।  

अन्य समाचारहरु