दिउँसो ३:३० बजे रागो प्युठान तर्फ लैजादै गर्दा एक्कासि राँगोले पसाई र बिकलाई आक्रमण गर्न थालेपछि स्थानीयहरुले देखेर छुट्टाउन खोज्दा नसकेपछि स्थानीय प्रहरीलाई गुहार गरि छुटाउन खोज्दा पनि छुटाउन खोज्दा नसकेपछि जिल्ला प्रहरीबाट गएको टोलिले ५:३० बजे गोलि हानेर राँगो मारेर छुट्टाउदा पसाईको मृत्यु भैसकेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
कृष्ण परियार / दीपेन्द्र श्रेष्ठ
खिल्जी, अर्घाखाँची । अर्घाखाँचीको असुरकोटमा मंगलवार राँगोले हान्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीको खिल्जीबाट किनेर प्युठान लैजादै गरेको राँगाले असुरकोटको आरन टोलामा हान्दा प्युठान जिल्ला खलंगा-४ का ५० बर्षिय गणेशबहादुर पसाईको घटना स्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताए ।
राँगोले हान्दा पसाई संगै रहेका केशब बि.क. गम्भीर घाइते भएका छन् । उनको प्युठानको खलंगामा उपचार भैरहेको छ । घटना पछि प्रहरीले राँगोलाई गोली हानेर मारेको प्रहरी निरीक्षक तिमिल्सीनाले बताए ।
केहि दिन अगाडी सोही राँगोले गाउँकै एक ९ बर्षिय बालिका एन्जल श्रेष्ठलाई हानेर घाईते बनाएको थियो । बालिकाको अहिले भैरहवामा उपचार भैरहेको छ । बालिकाको टाउकोमा गम्भिर चोट लागेको खिल्जी गाविस सचिव मदन बेलवासेले बताए । घाइते बनाएपछि स्थानीय छिमेकीले रागो बेच्न दबाब दिएपछि खिल्जिका बन्जाडेले रागो बौलायो भन्दै आज प्युठानको खलंगाका ब्यापारिलाइ रागो बेचेका थिए।