सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका र अन्य गाविसहरु नुवाकोट, धनचौर, किमडाँडा लगायतका क्षेत्रमा बिगत केहि समय देखि पटक-पटक बाघले आक्रमण गरेको घटनालाई लिएर विदेशमा बस्ने अर्घाखाँचीबासीहरुले जिल्लाका सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् ।
पछिल्लो वर्षमा बाघले निरन्तर घर पालुवा जनावरहरुका साथै दिन दहाडै मान्छे खाने, आक्रमण गरि घाइते बनाई आंतक मञ्चाउन क्रम नरोकीएको भन्दै अर्घाखाँची सम्पर्क समिति युएईले जिल्लाका सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको हो ।
अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,:- प्राय बालबालिकाहरुलाई लक्षित गरि बाघले गरेको आक्रमणबाट कैयौको ज्यान समेत गएको र धेरै बालबालिका गम्भिर घाइते भएका तथा सो क्षेत्रमा बसोबास गर्ने सर्बसाधारण आतंकित भई दिनहरु बिताउनु परेको छ। यस्तो बिषम परिस्थितिमा पनि स्थानिय निकाय वा सम्बन्धित पक्ष बाट समस्या निराकरणको लागि अल्पकालिन तथा दिर्घकालिन रुपमा कुनै पनि ठोस कदम नचालिनुले बैदेशिक रोजगारीको क्रममा युएई मा रहेका अर्घाखाँचीबासीहरुको साझा चौतारी अर्घाखाँची सम्पर्क समिति युएई परिवार दुःखित भएका छौं।
रोजगारीको सिलसिलामा युएईमा रहेका अर्घाखाँची जिल्लाबासीहरु केहि समय यता पटक पटक बाघको आक्रमण बाट प्रभावित परिवारहरु तथा आफन्तजन लाई सम्पर्क गरि यो समस्या नदोहोरिन र कसरी बाघ नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा समेत छलफल गरी सम्बन्धित निकाय बाट नै यसको समाधान खोज्नु पर्नेमा निर्णय गरी वन्य जन्तु तथा लोपोन्मुख जनावरहरुको संरक्षण गर्नु हाम्रो जिम्मेबार हुँदाहुँदै पनि बाघले अत्यन्तै आतंक सिर्जना गरेको हुनाले मानिसको बाँच्न पाउने अधिकारको रक्षा गर्न जिल्ला प्रशासन अर्घाखाँची, जिल्ला बन कार्यालय अर्घाखाँची, नेपाल प्रहरी कार्यालय अर्घाखाँची समक्ष हार्दिक अनुरोध गर्दछौं।
अर्घाखाँचीमा बाघले आंतक मञ्चाउन क्रममा नरोकीएपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् । दिनदाहाडै गाउँमा बाघ हिड्न थालेपछि विद्यालयमा विद्यार्थी समेत कम आउन थालेका जिल्लाका कयौ विधालयले अर्घाखाँचीडट्कमलाई जानकारी गराएका छन् । नुवाकोटको यसोधरा निम्न माध्यमिक विद्यालयका प्र.अ.बाबुराम खनालका अनुसार गाउँमै रहेको सरस्वती प्रा.वि.मा पनि करीब २५ प्रतिशत विद्यार्थीको उपस्थिति घटेको छ । बाघको विग विगी बढेपछि स्थानिय बासिन्दा घर बाहिर निस्कन समेत डराउन थालेका छन् । बारीमा मकै बढेकाले बाघ घर नजिकैको बारीमा लुकेर बस्दापनि देख्न नसकिने हुँदा स्थानिय बासिन्दा निकै त्रसित भएका छन् ।
बस्तुभाउ पालेका स्थानिय बासिन्दालाई खरबारीमा गएर घाँस काट्नुपर्ने छ । तर बाघको डरले खरबारीमा जान निकै डरलाग्छ नुवाकोट स्थित स्थानिय शान्ता गैरेले बताइन । बाघ आतंक बढ्दै गएपछि स्थानिय बासिन्दाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई भेटगरी जिउधनको रक्षाको लागि आग्रह गरे । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरे । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे स्थानिय बासिन्दा गाउँ छाड्न बाध्य हुने एमाले क्षेत्र नम्बर २ का अध्यक्ष डिल्लीराज गैरेले बताए । आफुहरुले पटक-पटक आग्रह गर्दापनि कुनै निकायले चासो नदेखाएको उनको गुनासो छ ।
गत वर्ष २०७१ जेष्ठ २४ शनिवार गते जिल्लाको नुवाकोट गाबिसको लात्तेमाझको जंगलमा बाघ मार्न खोज्दै लाठी, हातहतियार सहित आएका गाउँका युवाहरु ।
यसअघि भाद्र १६ बुधवार जिल्लाको नुवाकोट गाविस वार्ड नं. ४ स्थित चिउरामाटीमा बाघको आक्रमणमा परी एक बालिका घाईते बनाएको थियो । बाघको आक्रमणबाट स्थानिय नारायण गैरेकी ५ वर्षिया छोरी अन्जु गैरे घाईते भएकी थिईन ।
यस्तै गत भाद्र १७, विहीवार सन्धिखर्क नगरपालीका वार्ड नम्बर ७ घर भएकी ४ बर्षिय स्मृती केसीलाई वार्ड न.२ कुरमा आफन्तको घरमा गएको समयमा चितुवाले आक्रमण गरेर गम्भीर घाईते बनाएको थियो ।
गत महिना श्रावण २६ गते सोही चिउरामाटी गाउँमा बाघको आक्रमणमा परी एक बालिका घाईते भएकी थिईन । बाघको आक्रमणमा परी ११ बर्षिया अस्मिता गैरे घाईते भएकी थिईन । उनलाई पनि घरको आगनमा खेलिरहेको अवस्थामा बाघले आक्रमण गरेको थियो ।
यसैगरी गत वर्ष नुवाकोट गाविसको वार्ड नं. ४ सुरसिंगमा दुर्गा बहादुर नेपालीको छोरा ३ बर्षिय नारायण नेपाली पिताम्बर नेपालीको छोरा ६ बर्षिय उमेश नेपालीलाइ बाघले खाएको थियो ।
अर्घाखाँचीमा गएका वर्ष २०७०-७१ मा बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको थियो । बाघले , नुवाकोटमा २, किमडाडामा १ र सन्धिखर्कमा १ गरि ४ जना बालकको ज्यान गएको थियो ।
गत वर्ष जेठ २२ गते २०७१ मा सन्धिखर्क नगरपालिका वाड न २ कुर निवासि बर्ष ७ का सुरेस आचार्यलाइ आफ्नै घरबाट बाघले आक्रमण गरेर खाएको थियो । गएको बैसाख ३ गते किमडाँडाको मरासिनी टोला निवासी राम प्रसाद मरासिनी र शान्ता मरासिनीका छोरा २० महिनाको युबराज मरासिनीलाइ घरैबाट आकमण गरि लगेर बाघले खाएको थियो ।
त्यस भन्दा पहिले नुवाकोट गाविसको वाड न. ४ सुरसिंगमा दुर्गाबहादुर नेपालीको छोरा ३ बर्षिय नारायण नेपाली र पिताम्बर नेपालीको छोरा ६ बर्षिय उमे नेपालीलाइ बाघले खाएको थियो ।
सर्वसाधारणहरुले बारम्बार नरभक्षि बाघमार्न प्रशासनलाई अनुरोध गरेपनि सम्बन्धित निकाय मौन बसेको देखिन्छ ।
उता जिल्लाबाट बाहिर देश- विदेशमा बस्ने अर्घाखाँचीबासीहरु गाउँ-गाँउमा बाघले आतंक मच्चाउदा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेको देखिन्छ ।
सन्धिर्खकको बाँगी खोला तिरमा गत वर्ष २०७१ मारिएको चितुवा नियाल्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ।