अर्घाखाँचीमा तीजको चहलपहल, महिला संघको सामुहिक दर खाने कार्यक्रम सम्पन्न

कृष्ण परियार 



सन्धिखर्क, अर्घाखाँची । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अर्घाखाँचीमा तीजको चहलपहल बढेको छ । 

 



 

१ सय १ औँ बिपीको अवसर पारेर नेपाल महिला संघ वाड समिति सन्धिखर्क-२ को आयोजनामा बिहिवार शुभकामना एवं सामुहिक दर खाने कार्यक्रम सम्पन्न भएको छ । 



नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता, वार्ड अध्यक्ष कौशिल्या भुसालको अध्यक्षता, महिला संघ जिल्ला अध्यक्ष शान्ता भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अनेम संघ जिल्ला अध्यक्ष बिष्णु आचार्य, रा.ज.मो. निकट अ.ने.म. संघकी जिल्ला अध्यक्ष कल्पना पोख्रेल, चन्दा गैरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 



वार्ड उपाध्यक्ष शान्ता पन्थीको स्वागत मन्तव्य र महिला संघ जिल्ला सचिव संगिता बेल्वासेको संचालनमा सम्पन्न कार्यक्रममा सहभागिता महिला दिदीबहिनीहरुले सामुहिक रुपमा दर खाई तीजको गीतमा छमछमी नाचेर रमाएका थिए । 

 


अन्य समाचारहरु