तीजगीत संग्रह २०७२

– डिआरजी सुमन 
     
देखाउने हैन लक्ष्य न त वनावटी चमत्कार ।
श्रोता दर्शक उपस्थित सवलाई नमस्कार ।।
सानसानो गीत हाम्रो,लक्ष्य संदेश छाड्ने ।
कहिले गर्नु हुन्न काम त्यो समाज भाड्ने ।। 
दुई हज़ार बहत्तरसाल वैशाख बाह्र तीरमा ।
बार्पाकको केन्द्रले पार्यो सवैलाई पिरमा ।।
धरहरा ढल्यो पहिले ‘भत्कने वढ्यो लहर । 
भुकम्पको धक्कासँगै ध्वंस भो गाँउ सहर ।।
भुकम्पको पराकम्प अझै पनी आउदै छ ।
जनताले राहतको बाटो अझै धाउदै छ ।। 
वन्द हड़ताल आतंक नेपालभर चलाईयो  ।
टिकापुरमा एसएसपीलाई ज्युदै जलाईयो ।।
आन्दोलनमा किन आज नावालक मारियो ।
दु:ख द घटना सुन्दा सवै,शोक मै परियो ।।
गणतन्त्रमा ल्याउनै गाह्रो संघीय संविधान ।
यसरी नावालक र प्रहरीको नमारौ ज्यान ।।
सवैलाई धन्यवाद आयोजकलाई आभारी ।
अव हामी मन्चवाट विदा हुन्छौ ढीला नगरी । 
                     ।।समाप्त।।