सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पछिल्लो पटक इन्धनमा घटेको मुल्य अनुसार आजदेखि लागू हुने गरी देशभरी गाडीभाडा घटेको छ।
गोरुसिङ्गेमा ।
जसअनुसार काठमाडौं देखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा ७३५ रुपैयाँ कायम भएको छ । यसअघि ७५१ रुपैयाँ लिने गरेका थिए ।
बुटवल-गोरुसिङ्गे-सन्धिखर्कसम्म ११९ किलोमिटर सडकमा २५० रुपैयाँ लाग्ने छ । यसअघि २५६ रुपैयाँ थियो । यसैगरी पथरकोट देखि सन्धिखर्कसम्म ५७ किलोमिटर सडकमा १३५ रुपैयाँ कायम छ। यसअघि १३८ रुपैयाँ लिइदै आएको थियो।
यस्तै बुटवल-गोरुसिङ्गे- पथरकोट सम्म ६२ किलोमिटर सडकमा ११६ रुपैयाँ लाग्ने छ । यसअघि ११९ रुपैयाँ थियो ।
सन्धिखर्क स्थित बस काउन्टर ।
अहिले पेट्रोलको मुल्य १ सय ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मुल्य ८१ रुपैयाँ छ।
उता सरकारले यात्रुबोक्ने गाडी भाडा २.२२ प्रतिशत, सामान बोक्ने ट्रक भाडा तराईमा ३.२४ र पहाडमा ३.१ प्रतिशतले घटाएको छ। त्यस्तै ट्याक्सी भाडा र विमानस्थलमा चल्ने पर्यटकीय सवारी साधनको भाडा १.६३ प्रतिशतले घटेको छ।
सन्धिखर्क स्थित बसपार्क ।
काठमाडौं लगायत स्थानीय स्तरमा चल्ने गाडी भाडाको न्युनतम शुल्क १३ रुपैयाँ तोकिएको छ।