प्रेम आचार्य
किमडाँडा, अर्घाखाँची । सन्धिखर्क नगरपालीका वाड न. १० को वार्ड नागरिक मञ्चको बैठक किमडाँडाको पकलेमा सम्पन्न भएको छ ।
मेहाल पोखरी एवम पकले ।
वाड नागरिक मञ्चका संयोजक नारायण प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकमा वाड भित्र परेका बिभिन्न बिकास योजनाका कार्यलाई अगाडी बढाउने बिषयमा छलफल गरेको छ । त्यस्तै बैठकले सुआहारा कार्यक्रमको लागि वाड न. १० बाट यमलाल बन्जाडे र गिता अर्याललाई ग्रामीण नमुना कृषकको रुपमा छनोट गरेको छ ।
कार्यक्रममा सुआहारा कार्यक्रमका प्रेम नारायण आचार्यले सुआहारा कार्यक्रमको बारेमा र सामाजीक परिचालक साबित्रा बन्जाडेले बिकास बजेटको बारेमा जानकारी गराएका थिए ।
त्यसै गरि सन्धिखर्क नगरपालीका वाड न. १५ को वार्ड नागरिक मञ्चको बैठक डिभर्नाको झेडीमा सम्पन्न भएको छ ।
वाड नागरिक मञ्चका संयोजक मधुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा वाड भित्र परेका बिभिन्न बिकास योजनाका कार्यको लागि उपभोक्त समिति गठन गर्ने र समयमै काम गर्नका लागि पहल गर्ने बिषयमा छलफल भएको छ । त्यस्तै बैठकले सुआहारा कार्यक्रमको लागि वाड न. १५ बाट कृष्ण कुमार बस्याल र गिता अर्याललाई ग्रामीण नमुना कृषकको रुपमा छनोट गरेको छ ।
त्यसै गरि सन्धिखर्क नगरपालीका वाड न. १४ को वार्ड नागरिक मञ्चको बैठक डिभर्नामा सम्पन्न भएको छ ।
वाड नागरिक मञ्चका संयोजक सारदा आचार्यको अध्यक्षतामा बसेको बैठकमा वाड भित्र परेका बिभिन्न बिकास योजनाका कार्यलाई अगाडी बढाउने बिषयमा छलफल भएको छ । त्यस्तै बैठकले सुआहारा कार्यक्रमको लागि वाड न. १४ बाट छन्द बहादुर क्षेत्री र हरि बहादुर पाण्डेलाई ग्रामीण नमुना कृषकको रुपमा छनोट गरेको छ ।
कार्यक्रममा सुआहारा कार्यक्रमका प्रेम नारायण आचार्यले सुआहारा कार्यक्रमको बारेमा र सामाजीक परिचालक सारदा श्रेष्ठले बिकास बजेटको बारेमा जानकारी गराएका थिए ।