डिल्लीराज घिमिरे
पोखराथोक अर्घाखाँची । “सेवा नै धर्म हो” मुल सिद्धान्तमा स्थापित अन्तराष्ट्रीय ग़ैर सरकारी संस्था नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची अन्तर्गतको २५ सौँ जुनियर/युवा रेडक्रस सर्कलको दोस्रो दिनको गोष्टीमा अर्घाखाँची जिल्लाका ३७ विद्यालयको सहभागिता रहेको थियो ।
कार्यक्रममा गोष्टीको पहिलो दिन उद्धाटन सत्र,परिचयात्मक सत्र र रेडक्रस सोसाईटी र अन्तराष्ट्रीय रेडक्रस अभियानको बिषयमा केन्द्रित कार्यक्रम भएको थियो । अर्घाखाँची जिल्लाको विभिन्न विद्यालयवाट जुरेस,युरेस,शिक्षक नायक, जिल्ला रेडक्रस कार्य समितीका विभिन्न पदाधिकारी र सदस्यको उपस्थितीमा कार्यक्रम भएको थियो ।
गोष्टीको दोस्रो दिन रेडक्रसको सात सिद्धान्त,प्राथमिक उपचार,जुनियर युवा व्यावस्थापन,नेतृत्व विकास,जिवन उपयोगी सीप,प्रकोप व्यावस्थापन तथा जलवायु परिवर्तनवारे जानकारी जिल्ला रेडक्रस पदाधिकारीहरुले संयुक्त रुपमा प्रशिक्षण दिनु भएको थियो ।
हरीहर संस्कृत तथा साधारण उच्च माद्यमिक विद्यालयका प्रचार्य एवं हरिहर युरेस/जुरेस संयोजक हरि प्रसाद शर्माको सभापतित्व,यसै विद्यालय व्यावस्थापन समिती अध्यक्ष एवं जिल्ला कै एकमात्र यस्कर सदस्य अच्युत गौतमको प्रमुख आथित्यता,जिल्ला जुनियर युवा परिचालन समिती संयोजन एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अर्घाखाँचीका उप सभापती कमल प्रसाद घिमिरे,उप सभापती कैलाश श्रेष्ठ,कोषादक्ष्य तुलसीराम पौडेल,जिल्ला कार्यालय व्यावस्थापक ठाकुर प्रसाद अधिकारी,पोखराथोक उपशाखा का॰वा॰सभापती युवराज ज्ञावली,सम्पुर्ण विद्यालयका तर्फवाट शिक्षक अविभावक संघका अध्यक्ष चन्द्र कान्त पौडेल,पत्रकार डिल्लीराज घिमिरेको आथित्यता रहेको कार्यक्रमको संचालन यसै विद्यालयका शिक्षक नायक कृष्ण प्रसाद घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीको तर्फवाट जनता कृष्ण उच्च माद्यमिक विद्यालय किमडाडाका विद्यार्थी शान्ता भट्टराई,शिक्षक नायककको तर्फवाट विश्व उच्च माद्यमिक विद्यालय ढाकावांगका शिक्षक गोविन्द खनाल,रेडक्रस जिल्ला कार्यालय व्यावस्थापक ठाकुर प्रसाद अधिकारी,उप सभापती कैलाश कुमार श्रेष्ठ,कमल प्रसाद घिमिरे,विष्णु पोखरेलको धन्यवाद मन्तव्य रहेको थियो । कार्यक्रमको अन्त्यमा माँयाको चिनो र सहभागी सम्पुर्णलाई प्रमाण पत्र वितरण कार्यक्रम सहित कार्यक्रममा १० वुदे पोखराथोक घोषणा पत्र र आगामी वार्षिक कार्ययोजना समेत सार्वजनिक गर्दै २५ औ जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस गोष्टी सम्पन्न भएको छ ।
–
दशवुदे घोषणापत्र :
१- विद्यालयमा जान सीप क्षमता,अभिवृद्धिका लागी रचनात्मक (हाज़िरी जवाफ,वादविवाद,खेलकूद) कार्यक्रम गर्ने छौ ।
२-सार्वजनिक क्षेत्रमा रहेको फोहोर मैलाको उचित व्यावस्थापन गर्ने छौ ।
३-समाजमा भएका अन्धविश्वास,कुरुती,विकृतिहरुको अन्त्य गर्नको लागी विभिन्न चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने छौ ।
४-प्राकृतिक प्रकोप तथा आकस्मिक घटनाहरुमा रेडक्रसको सिद्धान्त वमोजिम आर्थिक भौतिक सहयोग पुर्याउने छौ ।
५-गोष्टीवाट प्राप्त ज्ञान सीप आफ्नो विद्यालय तथा समाजमा प्रचार प्रसार गर्ने छौ ।
६-विद्यालय तथा समाजमा हुने सांस्कृतिक तथा अन्य विभिन्न किसिमका कार्यक्रमहरुमा स्याम सेवकको भूमिका निर्वाह गर्ने छौ ।
७-प्राकृतिक प्रकोप तथा विभिन्न घटनामा परेका व्याक्तीहरुका लागी सहयोग संहयोग संकलन गरी सहयोग प्रदान गर्ने छौ ।
८-विद्यालय क्षेत्र भित्र जंगफुड पुर्ण रुपमा नियन्त्रणको हदै सम्म प्रयास गर्ने छौ ।
९- प्राकृतिक वा मानवीय विपदमा परि घाईते भएका पीड़ितहरुलाई प्राथमिक उपचार गर्ने छौ ।
१०-जिल्ला शाखा र विभिन्न जुनियर रेडक्रस सर्कल तथा युवा रेडक्रस सर्कल हरुले संचालन गरेका चेतनामुलक,सेवामुलक र प्रचारात्मक कार्यक्रमहरुमा सक्रिय सहभागीता जनाउने छौ ।
तस्वीर डिल्लीराज घिमिरे