जिल्ला कारागार पाँचथरमा सोमबार दिउँसो कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। क्यान्टिनमा खाजा/खानाको शूल्क महंगो भएको विषयमा विवाद हुँदा झडप भएको बताइएको छ।
झडपमा चौकीदार टेकनाथ रिजालसहित ६ जना घाइते भएका छन्। घाइते हुनेहरुमा कैदीहरु तार्के भनिने प्रेमजंग केरुङ, हरि लावती, सन्तवीर आङदेम्बे, विजय श्रेष्ठ र चन्द्र वि.क.रहेको कारागार प्रमुख सिर्जना लुँइटेलले जानकारी दिइन्।
घाइतेहरूको पाँचथर अस्पतालमा उपचारपछि कारागार फर्काइएको बताइएको र घाइतेहरुको अवस्था सामान्य रहेको र घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिए।
२५ जनाको मात्रै क्षमता भएको पाँचथर जिल्ला कारागारमा हाल १७१ जना कैदी बन्दी छन्। कारागारमा इलाम, पाँचथर र ताप्लेजुङका कैदी बन्दीहरू छन्। सेतोपाटीमा समाचार छ ।