हंगेरीको बाटो हुँदै सर्विया जान लागेका सयौ आप्रबासीलाई हंगेरी र सर्वियाको सीमामा रोकेपछि आप्रबासीले बिरोध गरेका छन् ।
हंगेरी र सर्वियाको सीमामा दुबै देशले तारबार लगाएकोमा बिरोध गर्दै आप्रबासीले तारबार नजिक रात गुजारेका छन् ।
केही भने तारको पर्वाह नगरी सर्बिया छिर्न खोज्दा घाइते भएका छन् । सर्वियाका गृहमन्त्री नेबुसा स्टफानोविचले भने सीमामा रहेका आप्रावासीलाई भेट गरी सर्वियाले सक्दो सहयोग गर्ने बचन दिएका छ्न् ।
साथै उनले शरणार्थीहरुका लागि खाद्यान्न, औषधी र पानीको ब्यवस्था गर्न निर्देशन दिएका छन् । यता शरणार्थीहरुले गृहमन्त्रीको प्रशंसा गर्दै अन्य राष्ट्रले पनि उनको सिको गर्नुपर्ने जनाएका छन् । (एजेन्सी)